ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु « Khabarhub

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- हेटौंडामा ट्रयाक्टर दुर्घटना हुँदा आज अपराह्न दुई जनाको मृत्यु भएको छ ।

हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्र्फ जाँदै गरेको ट्रयाक्टर धरान –चतारा सडकखण्डअन्तर्गत हेटौंडाको हटियामा दुर्घटना हुँदा वाग्मती गाउँपालिका– ६ का अन्दाजी ५० वर्षीय लोप्चन र वाग्मती – ८ का अन्दाजी १७ वर्षीय किशोरसुजल नेगीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा वाग्मती– ६ का १६ वर्षीय मनोज जिम्बा घाइते भएका छन् ।

हेटौंडाबाट निर्माण सामग्री बोकेर वाग्मती गाउँपालिकाको फापरबारी भन्ने ठाउँमा जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक रानाका अनुसार घाइते एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रयाटर चालक भने फरार रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : २७ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग