आज थपिए १३९ संक्रमित, ६२६ संक्रमणमुक्त (विवरणसहित) « Khabarhub

आज थपिए १३९ संक्रमित, ६२६ संक्रमणमुक्त (विवरणसहित)


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजा ९५० रहको मन्त्रालयले जनाएको छ । लकडाउन खुल्नु अगाडिको ६ दिनको कोरोना पोजेटिभ प्रतिशत ३.२ थियो भने त्यसपछिको ६ दिनको संक्रमण ३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका २१जना, सिराहाका एकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १० जना, महोत्तरीका १० जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका तीनजना, पर्साका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, स्टार अस्पताल ललितपुरमा गरेको परीक्षणमा काठमाडौंका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका तीन जना, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका एकजना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका एकजना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २८ जना, चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका दुईजना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार ७५४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : ४२ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री