काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

संक्रमित हुनेमा काठमाडौंका ३ जना र ललितपुरका ३ जना रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका तीनजनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, स्टार अस्पताल ललितपुरमा गरेको परीक्षणमा काठमाडौंका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार काठमाडौंका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै सोमबार थप १३९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कुल संक्रमितको संख्या १८ जहार ७५२ पुगेको छ ।

सोमबारसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ४ हजार ९ सय ५० पुगेको छ। जसमध्ये प्रदेश १ मा १९५, प्रदेश २ मा १ हजार ९११ जना , बागमती प्रदेशमा ४०२ जना, गण्डकी प्रदेशमा २४४ जना , प्रदेश ५ मा ३५३ जना, कर्णाली प्रदेशमा ३७५ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२६ जनाले कोरोना जितेर घर फर्किएका छन्।

योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ५४ पुगेको छ। सोमबार कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : ५० बजे

चिकित्सकहरूको आन्दोलन जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको