झिनो अंकले ओरालो लाग्यो नेप्से « Khabarhub

झिनो अंकले ओरालो लाग्यो नेप्से


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक आज २.६२ ले घटेर एक हजार ४६२.४८ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.२२ ले घटेर ३०७.३१ मा पुगेको छ । स्टकका अनुसार कूल १८७ कम्पनीको ४२ लाख ५७ हजार १६१ कित्ता सेयर रु एक अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ मूल्यमा खरिद बिक्री भए ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक ४.१८, उत्पादन ५.०३, अन्य ५.७१ र लघुवित्त १२.४६ ले उकालो लागेको छ । यस्तै, बैंकिङ १.२५, व्यापार ७.०७, होटल ३२.९१, जलविद्युत् २.५९, वित्त ०.९४ र निर्जीवन बीमा १५०.४१, जीवन बीमा ८८.७७ र सामूहिक लगानी कोष ०.०१ ले घटेका छन् ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्सोरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १७ करोड ४४ लाख १९ हजार ९४७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

यस्तै नेपाल पुर्नबीमा कम्पनी रु १४ करोड ८८ लाख ६१ हजार १९४, नबिल बैंक रु नौ करोड नौ लाख नौ हजार ५५, एनआइसी एशिया लघुवित्त रु सात करोड ७९ लाख २० हजार ८५, एनआइसी एशिया बैंक रु छ करोड नौ लाख ९२ हजार ७९७ बराबरको कारोबार शीर्ष स्थानमा रहे ।

श्रीराम सुगर मिल्स ४.९७, नेपाल बैंक लिमिटेड ४.८७, कालिका पावर ४.५५, मितेरी डेभपलपमेन्ट बैंक ४.५३, प्रभु बैंकका लगानीकर्ताले ४.३८ प्रतिशतले कमाए । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन ०.०७, राष्ट्रिय बीमा कम्पनी ०.१०, ग्लोबल आईएमई समुन्नत स्किम–१ ०.११ र नबिल बैंकका लगानीकर्ताले ०.१२ प्रतिशतले गुमाए ।

बन्द उद्योगको सेयर कारोबार

सेयर बजारमा आज एउटा रमाइलो घटनाक्रम भने देखियो । उद्योग बन्द गर्ने सूचना दिएको श्रीराम सुगर मिल्सको सेयरमा लगानीकर्ताका आकर्षण देखियो । आज बिहान नेप्सेलाई उद्योग बन्द भएको सूचना दिएको सो उद्योगको सेयर प्रतिकित्ता ३३८ मा कारोबार भयो । आज सो उद्योगको सेयर प्रतिकित्ता रु १६ ले वृद्धि भयो ।

प्रतिकित्ता रु ३२२ मा कारोबार शुरु भएको सो कम्पनीको सेयरमा एकाएक वृद्धि भई ३३८ पुग्यो तर उद्योग बन्द भएको सूचना भने यसअघि नै सार्वजनिक भइसकेको थियो ।

जानकारहरुका अनुसार उद्योगले चर्चेको जग्गा बिक्री गरी उखु किसान, कर्मचारीलगायत अन्यलाई समेत भुक्तानी गर्ने तयारी गरेको भन्ने हल्ला बजारमा फैलिएसँगै श्रीराम सुगर मिल्सको सेयरमा वृद्धि भएको हो ।

कर्मचारीलाई तलबभत्तासम्म खुवाउन नसकेको भन्दै उद्योगले आइतबारदेखि बन्द भएको नेप्सेलाई जानकारी दिएको छ । आव २०७५÷७६ सम्म कम्पनीको कूल घाटा रु दुई अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ पुगेको छ ।

नेपालको पुरानोमध्येको एक श्रीराम सुगर मिल्स बन्द भएपछि रौतहट आसपासका किसानलाई भने आफूले लगाएको उखु बिक्री गर्न समस्या देखिएको छ । मङ्गलबारदेखि भने सो कम्पनीको सेयर नियमित कारोबार हुनेछैन ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ५ : ५६ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री