लुम्बिनीको मायादेवी मन्दिर खुला गर्न माग « Khabarhub

लुम्बिनीको मायादेवी मन्दिर खुला गर्न माग


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- कोभिड–१९ को प्रभावका कारण बन्द रहेको लुम्बिनीको मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै विभिन्न संघ-संस्थाले सोमबार लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराएका छन् ।

बन्दाबन्दी हटिसके पनि मन्दिर बन्द रहेका कारण स्थानीय पूजाआजाबाट वञ्चित रहेकाले यथाशिघ्र खुल्ला गर्न माग गर्दै लुम्बिनीका संघ-संस्थाले विकास कोषको ध्यानाकर्षण गराएका हुन् ।

लुम्बिनीका करिब एक दर्जन उद्योग, पर्यटन तथा समाजिक क्षेत्रमा क्रियाशील संस्थाका अध्यक्ष तथा प्रतिनिधिले विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयमार्फत कोषका अध्यक्ष संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।

“लुम्बिनीको आधार र गरीमा भनेकै मायादेवी मन्दिर हो, मन्दिर खुल्ला नहुँदा स्थानीयले भगवान् बुद्धप्रति आस्था प्रकट गर्न पाएका छैनन्”, ज्ञापनपत्रमा भनिएको छ, “मायादेवी लुम्बिनीवासी मात्रै नभई सबैको आस्थाको धरोहर भएकाले लामो समयसम्म बन्द हुँदा हामीलाई गम्भीर चोट पुर्‍याएको छ ।”

लुम्बिनी होटल सङ्घका महासचिव लिलामणि शर्माले मायादेवी विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यहाँ नियमित पाठ पूजा हुनुपर्ने बताए । “सुरक्षा सतर्कता अपनाएर मायादेवी मन्दिर आंशिकरुपमा भए पनि खुल्ला गर्नुपर्छ, यहाँ बिहान साँझको पूजा पाठ नियमित हुनुपर्छ”, उनले भने ।

लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ, मायादेवी प्रगतिशील आमा समूह, बौद्ध युवा समूह, सिद्धार्थ होटल संघ, लुम्बिनी बौद्ध महिला समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ, लायन्स क्लब अफ लुम्बिनी गौतम बुद्धलगायत संघ-संस्थाले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले यसबारे अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईलाई जानकारी गराई तत्काल मन्दिर खोल्ने वातावरण बनाउन पहल गर्ने बताए । कोभिड–१९ को महामारीका कारण चार महिनादेखि बुद्ध जन्मस्थल मायादेवी मन्दिर बन्द छ । मन्दिर बन्द हुँदा नियमित पूजा पाठको काम समेत रोकिएको छ ।

भिक्षु, भिक्षुणी तथा स्थानीय बौद्ध उपासक उपासिकाले मन्दिरमा पूजा गर्न पाएका छैनन् । मायादेवी मन्दिरसँगै लुम्बिनीमा रहेका विभिन्न चाइना, जर्मन, कोरीयन, जापान, थाईल्याण्ड, श्रीलंका लगायतका विभिन्न देशका बिहारहरु बन्द छन् । मन्दिर बन्द हुँदा लुम्बिनीको रौनकता हराएको मायादेवी प्रगतिशील आमा समूहका अध्यक्ष मञ्जु ढकालले गुनासो गरिन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : २२ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा