भिसा म्याद थप गर्न विदेशी पर्यटकको आग्रह « Khabarhub

भिसा म्याद थप गर्न विदेशी पर्यटकको आग्रह


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न देशबाट नेपाल घुम्न आएका विदेशी पर्यटकले बन्दाबन्दीका कारण घुम्न नपाएकाले तत्काल स्वदेश फर्कदा कोरोनाको उच्च जोखिम रहेको भन्दै भिसा म्याद थप गरिदिन नेपाल सरकारसँग माग गरेका छन् ।

बन्दाबन्दी अघि विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकले आज पोखरामा पत्रकार सम्मेलन गरी कोभिड–१९, का कारण जारी बन्दाबन्दीले पोखरा र आसपासका क्षेत्र घुम्न नपाएको साथै तत्काल स्वदेश फर्कदा कोराना सङ्क्रमणको जोखिमसमेत रहेको भन्दै भिसा म्याद थपको माग गरेका हुन् ।

नेपाल सरकारले आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला हुने र म्याद सकिएर बसेका पर्यटकलाई १५ दिनपछि स्वदेश फर्कन आग्रह गरेसँगै उनीहरुले म्याद थपको माग गरेका हुन् ।

अमेरिकी नागरिक रोक्सी गुलियानोले नेपालमा रहन चाहेको कारण उल्लेख गर्दै भने, “नेपालमै बढी सुरक्षित महसुस गरेका छौँ, विमानस्थल र ट्रान्जिट अझै खतरामुक्त भएको छैन, आफन्त र परिवारले पनि नेपालमै सुरक्षित रहन आग्रह गरेका छन्, हामीले चाहे जसरी नेपाल घुम्न पाएका छैनौँ, त्यसैले केही समय थपको माग गरेका हौँ ।”

बेलायतका नागरिक लिन्डाले बन्दाबन्दी अघि नेपाल आएको र अहिले स्वदेश फर्कदा कोरोना महामारी रहेकाले नेपालमै बस्न चाहेको बताए ।

अर्का नागरिक क्लिभ ग्रिल्सले नेपाल घुम्ने चाहना हुँदाहुँदै पनि बन्दाबन्दीले घुम्न नपाएकाले अक्टुबर नोभेम्बरको समयमा पदयात्रा गर्ने चाहना राखेको बताए ।

अमेरिकी नागरिक यमीले दोस्रो चोटी नेपाल घुम्न आएको अनुभव सुनाउँदै कोभिड–१९ प्रभाव आफ्नो देश अमेरिका उच्च रहेकाले धेरै सुरक्षित भएकाले तत्काल स्वदेश फर्कन नचाहेको बताए । उरुग्वेका मार्टिनले तत्काल घर फर्कन खर्चिलो र जोखिम भएकाले केही समय नेपालमा रहन चाहेको बताए ।

अष्ट्रेलियाका नागरिक फ्रान्सिसका अनुसार नेपालभरी करिब एक हजार ५०० पर्यटक रहेका र उनीहरु तत्काल स्वदेश फर्कन नचाहेको बताए ।

उनले पोखरामा मात्र करिब ३०० देखि ४०० पर्यटक रहेका र अधिकांशले भिसा म्याद थप गरेर नेपालमै सुरक्षित रहन चाहेको बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले नेपाल सरकारले आगामी भाद्र १ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने र म्याद थप गरेर बसेका पर्यटकलाई स्वदेश फर्कन आग्रह गरेपछि पोखरामा रहेका पर्यटकले थप समयको माग गरेको बताए ।

उनले भने, “अधिकांश पर्यटक फिरन्ते छन्, कति आफ्नो देश भन्दा यहाँ सुरक्षित महसुस गरेका छन्, कति पर्यटकका आफन्तले नेपालमै बस्न सुझाव दिएका छन्, केही पर्यटक पदयात्रामा पनि जान चाहेका छन्, उनीहरुले संघसँग पनि आग्रह गरेका थिए तर यो नेपाल सरकारको कुरा भएकाले हामीले यस विषयमा केही भन्न सक्दैनौ भन्यौ ।”

उनले भाद्र १ गतेदेखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन हुने भएकाले पर्यटन क्षेत्रमा पनि पर्यटकको खाँचो रहने भएकाले नेपालमा रहेका पर्यटकको भिसा म्याद थप गरेर नेपालमै रोक्न सके पर्यटन क्षेत्रका गतिविधि चलायमान हुन सक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : १९ बजे

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय