कोरोना नियन्त्रणमा छिमेकी मुलुकलाई सहयोग गर्ने चीनको प्रतिबद्धता | Khabarhub Khabarhub

कोरोना नियन्त्रणमा छिमेकी मुलुकलाई सहयोग गर्ने चीनको प्रतिबद्धता


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा पहिले छिमेकी मुलुकहरुलाई सहयोग गर्ने जनाएको छ ।

नेपाल, अफगानस्तान र पाकिस्तानका परराष्ट्र मन्त्रीसहितको भिडियो कन्फरेन्समा चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले आफ्ना छिमेकीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

छलफलमा वाङले चीनले भविष्यमा कोरोना भाइरसको भ्याक्सिन ल्याए छिमेकी मुलुकहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वाङले नेपाल, पाकिस्तान र अफगानिस्तानलाई आवश्यक परे स्वास्थ्य सामग्रीको सहयोग गर्ने पनि जनाए । उनले कोरोना भाइरसको नियन्त्रणमा नेपाल सरकारले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताए ।

कन्फरेन्समा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन सरकारले गर्दै आइरहेको सहयोगप्रति आभार प्रकट गरे ।

मन्त्री ज्ञवालीले चीन-नेपालबीच घनिष्ठ सम्बन्ध रहेको जनाउँदै भविष्यमा पनि आवश्यक सहयोग हुनेमा आशावादी रहेको धारणा व्यक्त गरे ।

यसैगरी अफगानिस्तानको तर्फबाट कार्यवहाक परराष्ट्रमन्त्री मोहम्मद हनिफ अट्मार र पाकिस्तानकोतर्फबाट मखदुम शाह महमुद कुरेसीले भिडियो कन्फरेन्समा सहभागीता जनाउँदै कोरोना नियन्त्रणका बारेमा आ-आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : १० बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई