कोरोना नियन्त्रणमा छिमेकी मुलुकलाई सहयोग गर्ने चीनको प्रतिबद्धता « Khabarhub

कोरोना नियन्त्रणमा छिमेकी मुलुकलाई सहयोग गर्ने चीनको प्रतिबद्धता


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा पहिले छिमेकी मुलुकहरुलाई सहयोग गर्ने जनाएको छ ।

नेपाल, अफगानस्तान र पाकिस्तानका परराष्ट्र मन्त्रीसहितको भिडियो कन्फरेन्समा चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले आफ्ना छिमेकीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

छलफलमा वाङले चीनले भविष्यमा कोरोना भाइरसको भ्याक्सिन ल्याए छिमेकी मुलुकहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वाङले नेपाल, पाकिस्तान र अफगानिस्तानलाई आवश्यक परे स्वास्थ्य सामग्रीको सहयोग गर्ने पनि जनाए । उनले कोरोना भाइरसको नियन्त्रणमा नेपाल सरकारले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताए ।

कन्फरेन्समा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन सरकारले गर्दै आइरहेको सहयोगप्रति आभार प्रकट गरे ।

मन्त्री ज्ञवालीले चीन-नेपालबीच घनिष्ठ सम्बन्ध रहेको जनाउँदै भविष्यमा पनि आवश्यक सहयोग हुनेमा आशावादी रहेको धारणा व्यक्त गरे ।

यसैगरी अफगानिस्तानको तर्फबाट कार्यवहाक परराष्ट्रमन्त्री मोहम्मद हनिफ अट्मार र पाकिस्तानकोतर्फबाट मखदुम शाह महमुद कुरेसीले भिडियो कन्फरेन्समा सहभागीता जनाउँदै कोरोना नियन्त्रणका बारेमा आ-आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : १० बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग