चितवनमा ५ महिने बालकमा पनि देखियो कोरोना, थप ५२ जना संक्रमित | Khabarhub Khabarhub

चितवनमा ५ महिने बालकमा पनि देखियो कोरोना, थप ५२ जना संक्रमित


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा ५ महिनाका बालकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार अबेर राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको हो ।

बुधबार नै गरिएको परीक्षणमा अरू ५१ जनामा पनि संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका भित्रका मात्रै १४ जना छन्। रत्ननगर नगरपालिका वडा नम्बर ४, ९ र १२ का १२ जना पुरुष र २ महिला रहेका छन्। उनीहरू रत्ननगरका क्वारेन्टिनमा रहेका थिए।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरका १६ जनामा संक्रमण पुष्टि भएको छ भने बाँकी १० जना रत्ननगरका ४, नवलपुरका ३, सर्लाहीका २ र तनहुँका १ जना रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ७ : २४ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ