प्रहरीको गोलीबाट मृत्यु भएका आलमको शव परिवारले बुझेनन् « Khabarhub

प्रहरीको गोलीबाट मृत्यु भएका आलमको शव परिवारले बुझेनन्



झापा – झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बिएण्डसी अस्पताल छ ।

बुधवार राति झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपछि विवाद सिर्जना भएको थियो । सो क्रममा प्रहरी माथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर सोही ठाउँमा ३८ वर्षीय आलम गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बुधवार राति बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

आलमको मृत्यु भएसंगै उनका आफन्तले मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्ने , धर्मनिरपेक्षताका आधारमा धर्म मान्न पाउनु पर्नेलगायतका ११ सूत्रीय माग राखेका हुन् ।

यसैबीच मृतक परिवारका मागका बिषयमा कामाटोलीमा छलफल शुरु भएको छ । छलफलमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह , उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, अन्य जनप्रतिनिधि, पार्टी प्रतिनिधि , मृतक परिवार, मुस्लिम समुदायका अगुवलगायतको सहभागिता छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले छलफलका लागि सदरमुकाममा बोलाएका थिए । तर, मृतक परिवारले घटनास्थलमै छलफल हुनु पर्ने भन्दै सदरमुकाम जान अस्वीकार गरेका छन् ।

मुस्लिम समुदायले झापा गाउँपालिका–३ कामाटोली बजारमा अमरपथ सडक अवरुद्द गरेका छन । सडकमा काठका मुडा र टायर बालेर सडक अवरुद्द गरेका हुन ।

११ बुँदे माग राख्दै बार्तामा बसेका मुस्लिम समुदायले प्रमुख जिल्ला अधिकारी बार्तामा बस्नु पर्ने माग राख्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १२ : २८ बजे

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु