कोरोनाले कुन प्रदेशमा कतिले ज्यान गुमाए, कति निको भए ? (विवरणसहित) « Khabarhub

कोरोनाले कुन प्रदेशमा कतिले ज्यान गुमाए, कति निको भए ? (विवरणसहित)


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारसम्मको तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण सातवटै प्रदेशमा गरी ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट प्रदेश–२ मा सबैभन्दा धेरै ७५ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।

हिजो बुधबार ११ जनाको मृत्यु भएकोमा आज थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । आज मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् ।

जसमा काठमाडौंका ४८ वर्षका एकजना पुरुष, ललितपुरकी ६५ वर्षकी एक महिला, बाराका २३ वर्षकी एक महिला, पर्साका ६२ वर्षका एक पुरुष रहेका छन् ।

यस्तै कास्कीका ३२ वर्षकी महिला, कपिलवस्तुका ५० वर्षका एक पुरुष, रुपन्देहीकी ७० वर्षकी एक महिला र बाँकेकी ७० वर्षकी एक महिला छन् ।

हालसम्म कुन प्रदेशम कतिको मृत्यु

प्रदेश १ मा- २०

प्रदेश–२ मा -७५

वाग्मती प्रदेशमा- ३९

गण्डकी प्रदेश- ९

प्रदेश ५ मा- २६

कर्णाली प्रदेश-४

सुदूरपश्चिम प्रदेश- १०

हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या जम्मा- १८३

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगिसकेको छ । यसमध्ये २० हजार ७३ संक्रमित निको भएर घर फर्किसकेका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

कुल संक्रमित मध्ये ५६ प्रतिशत संक्रमित संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १४९१ जना

प्रदेश २ मा ४४५८ जना

वाग्मती प्रदेश ९४६ जना

गण्डकी प्रदेशमा १६७० जना

प्रदेश ५ मा ४७०२ जना

कर्णाली प्रदेशमा २०२५ जना

सुदूरपश्चिम प्रदेशमा ४७८१ जना

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ५ : ४२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल