सङ्क्रमितमध्ये १८ प्रतिशत स्वास्थ्यकर्मी | Khabarhub Khabarhub

सङ्क्रमितमध्ये १८ प्रतिशत स्वास्थ्यकर्मी


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – दैनिक बढ्दै गएको कोरोना सङ्क्रमणमा जिल्लाका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बढी प्रभावित भएका छन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बुधबार रातिसम्म आएको सङ्क्रमितको तथ्याङ्कमा १८ प्रतिशत अस्पतालकै स्वास्थ्यकर्मी रहेका छन् ।

जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ४७१ मध्ये ८५ जना स्वास्थ्यकर्मी छन् । उनीहरु जिल्लाका विभिन्न अस्पतालमा कार्यरत छन् ।

सोमध्ये सबैभन्दा बढी वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका २६, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजका १६/१६ जना छन् ।

भरतपुर अस्पतालका १५, नारायणी सामुदायिक अस्पतालका तीन, स्थानीय क्लिनिकका तीन र सेन्ट्रल अस्पतालका दुई जना रहेका छन् ।

त्यस्तै रत्ननगर बकुलहर अस्पताल, मौलाकालिका अस्पताल, मनकामना अस्पताल र बाहिरी जिल्लाका सरकारी अस्पतालमा काम गर्ने एक/एक जना स्वास्थ्यकर्मी रहेको पौडेलले जानकारी दिए ।

हालसम्मको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी सङ्क्रमित भरतपुर महनगरका २८४, माडीका ५०, रत्ननगरका ३८, राप्तीका ७५, खैरहनीका १७, कालिका नगरपालिकाका पाँच र इच्छाकामना गाउँपालिकाका दुई जना रहेका छन् ।

सङ्क्रमित स्वास्थ्यकर्मी र अरु बिरामी सरकारी अस्पताल, दुई मेडिकल कलेजका अइसोलेसन र घरमै रहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी बिरामीबाट अस्पतालमा सङ्क्रमण आएको र स्वास्थ्यकर्मीमा फैलिएको बताउँछन् ।

बिरामीमा सङ्क्रमण नहोला भन्ने अनुमान गर्दै स्वास्थ्यकर्मीले सुरक्षाकवज प्रयोग नगर्दा पनि सङ्क्रमण फैलिएको उनको अनुमान छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ५ : २५ बजे

सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता : काटिएको लाइन जोडियो

काठमाडौं – दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

निमोनियाबाट कसरी बच्ने ?

काठमाडौं – आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको