प्रहरीको गोली लागी मृत्यु भएका आलमका परिवारसँग ७ बुँदे सहमति | Khabarhub Khabarhub

प्रहरीको गोली लागी मृत्यु भएका आलमका परिवारसँग ७ बुँदे सहमति


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापा गाउँपालिका –३ मा प्रहरीको गोली लागी बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई रु १० लाख क्षतिपूर्तिवापत रकम उपलब्ध गराउनेलगायत ७ बुँदे सर्वपक्षीय सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चवापत गाउँपालिकाले रु ५० हजार उपलब्ध गराउने छ ।

त्यस्तै छोराछोरीको शिक्षादीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, सामाजिक सद्भाव बिग्रन नदिन दुवै पक्ष सजग रहने, क्षतिपूर्तिवापत संघीय र प्रदेश सरकारसँग रु १० लाख उपलब्ध गराउन पहल गर्ने, शव परिवारले बुझेर परीक्षण गरी अन्त्येष्टि गर्नेलगायत सहमति भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

सहमतिपछि शुक्रबार परिवारले शव बुझ्ने छ । सो घटनाको थप अनुसन्धान गर्नका लागि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुखसहितको तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाइएको छ ।

छलफलमा संघीय सांसद, प्रदेशसभा सदस्यसहित स्थानीय जनप्रतिनिधि, पीडित परिवार, राजनीतिक दल र सामाजिक अगुवाको सहभागिता थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ७ : ५२ बजे

मनसुनी वर्षाले रोपाइँलाई राहत

काठमाडौं– आइतबारदेखि मुलुकका अधिकांश स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा हुन

२४ घण्टे युद्धविराम गर्न थाइल्याण्ड र कम्बोडिया तयार

काठमाडौं- विगत पाँच दिनदेखि संघर्षरत थाइल्याण्ड र कम्बोडिया युद्धविराम गर्न

विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयमा कर्मचारीको धर्ना

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयमा कार्यरत दैनिक ज्यालादारी

उपल्लो मुस्ताङमा विदेशी पर्यटकबाट २९ करोड राजस्व

मुस्ताङ– आर्थिक वर्ष २०८१-८२ मा उपल्लो मुस्ताङ भ्रमण गरेका विदेशी

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ