कस्तो हुनुपर्छ घरको पूजा कोठा ? « Khabarhub

कस्तो हुनुपर्छ घरको पूजा कोठा ?


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

घरमा बनाइएको पूजा कोठाको विशेष महत्व रहने गरेको छ । घरभित्र यो एक यस्तो स्थान हो जहाँ अन्य कोठाको तुलनामा शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । वास्तु शास्त्र अनुसार घरमा बनाइएको पूजा स्थल बनाउँदा केहि नियमको पालना गर्नु पर्दछ ।

१. घरमा बनाइएको मन्दिरमा एकै भगवानको दुई तस्बिर वा मूर्ती राख्नु हुदैँन । शास्त्रमा यस प्रकारको कार्यले घरमा अशुभ हुने र बिभिन्न समस्या झेल्नु पर्ने बताइएको छ ।

२. वास्तुशास्त्र अनुसार घरमा पूजा कोठा निर्माण गर्दा पश्चिम र दक्षिण दिशामा बनाउनु अशुभ मानिन्छ । त्यसैले घरमा पूजा कोठा बनाउँदा घरको पूर्व वा उत्तर दिशामा बनाउनु पर्छ ।

३. घरको पूजा कोठा शौचालयको छेउमा पार्नु हुदैन । यसका साथै भान्साको छेउमा समेत पूजा कोठा हुनु हुदैन ।

४. घरभित्र पूजा कोठा बनाउँदा सीढी मूनी समेत बनाउनु हुँदैन । यसो गर्नाले अशुभ फल प्राप्त हुन्छ ।

५. घरको मन्दिरमा शिवलिंग राख्न समेत शास्त्रमा बर्जित गरीएको छ । यदि राख्नै परेमा समेत औलाको आकारभन्दा ठुलो हुन नुहने मान्यता रहेको छ ।

६. हिन्दु धर्म अनुसार टुक्रिएको वा खण्डित मूर्तीको पूजा गर्नु अशुभ मानिन्छ । त्यसैले पूजा घरमा भूलेर पनि यस्ता मूर्ति राख्नु वा पूजा गर्नु हुदैन ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १ : २१ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका