कतारबाट दैनिक तीन वटा नियमित उडान हुने, अब स्वदेश फर्किन  दूतावासको फाराम भर्न नपर्ने « Khabarhub

कतारबाट दैनिक तीन वटा नियमित उडान हुने, अब स्वदेश फर्किन  दूतावासको फाराम भर्न नपर्ने



दोहा – आगामी १ अक्टोबरदेखि दोहा र काठमाडौंबीच नियमित उडान हुने भएको छ । दैनिक तीन वटा एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

नियमित उडानअन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक एक – एक वटा उडानहरु सञ्चालन गर्ने दूतावासले जनाएको छ ।

अब कतारबाट नेपाल जान चाहने यात्रुहरुले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरुमा टिकटका लागि सम्पर्क गरी सीधै स्वदेश फर्किन सक्नेछन् ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फाराम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

नियमित उडान सुचारु भएको सन्दर्भमा दूतावासको फाराम भर्नु नपर्ने र यसअघि फाराम भरिसकेका व्यक्तिले समेत सीधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गर्न सक्नेछन् ।

यसका लागि दूतावासले कुनै प्राथमिकता सूची प्रकाशन गर्न नपर्ने जनाएको छ । अब स्वेदश फर्किन दूतावासको फाराम भर्न नपर्ने भएको हो ।

दोहाबाट ४७ औं उडानमार्फत १४६ नेपाली स्वदेश फर्किए

यसैबीच कतारबाट १४६ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरूमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ४७ औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन्  ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ८ महिलासहित १४६ नेपाली जना  स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेका नेपालीहरुको सहजीकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

 

 

 

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ७ : १५ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना