हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण « Khabarhub

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हास्यकलाकार मनोज गजुरेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।

कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् ।

‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गारो हुनेखालका सिमटम्स छैनन् तर, पनि आफू र  अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

गजुरेलले सचेत हुन सबैलाई आग्रह गरेका छन् । उनले नआत्तिन र चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बस्न भनेका छन्। उनले आफू  जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितको सुझाव अनुसार उपचार गराइरहेको बताएका छन् ।

कलाकार गजुरेलले कोरोना भन्दा आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा बलियो भएको भन्दै कोरोना जित्ने बताएका छन्।

‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा भन्दा बलियो पक्कै छैन’, उनले फेसबुकमा भनेका छन्, ‘त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको  छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ ।’

बिहीबारपछि टाउको दुखेको तथा शुक्रबार ९८ डिग्रीसम्म ज्वरो देखिएको तथा ढाड दुख्ने लगायतका समस्या देखिएपछि गजुरेलले पीसीआरका लागि आइतबार स्वाब दिएको जानकारी थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ५४ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित