आज २०७७ मंसिर १२ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७७ मंसिर १२ गते शुक्रबारको राशिफल


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ मंसिर १२ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

छोटो यात्राको योग छ । साथीभाईको जमघट हुनेछ । आम्दानी बढे पनि अनावश्यक ठाउँमा धन खर्च हुँदा बचत हुनेछैन । बोली विपरितको अर्थ लाग्दा प्रेममा मनमुटाव हुन सक्छ ।

 वृष (इ, , , , वा, वि, वु, वे, वो)

पारिवारिक सद्भाव बढ्नेछ । विपरित लिंगीबाट विशेष सहयोग मिल्ला । शरीर आलश्य होला । खानपानमा विशेष ध्यान दिनु होला । अध्ययन अध्ययापन सोचेजस्तो हुने छैन । कारोबार गर्दा सचेत रहनुहोला ।

 मिथुन (का, कि, कु, , , , के, को, हा)

रोकिएका काम अघि बढ्न सक्छन् । आफ्ना योजना गोप्य राख्दा राम्रो हुनेछ । साथीभाईसँगको भेटघाटले मन प्रसन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सहजै कार्य सम्पादन हुनेछ । मुद्दा मामिलामा सफलता प्राप्त होला । विशेष उपहार प्राप्तिको योग छ । घरमा पाहुनाको आगमन पनि हुन सक्नेछ । मिष्ठान्न भोजनको अवसर छ । धर्म,कर्ममा मन लाग्नेछ । सामाजिक पदप्रतिष्ठापनि प्राप्त हुन सक्छ । प्रेम सम्बन्धमा भने खटपट हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हर्ष र उमंग छाउनेछ । लामो समयदेखि अधुरा रहेका काम पूरा हुनेछन्। साथिभाईको सहयोग रहनेछ । छिट्टै विश्वास गर्दा धोका पाइएला । लेनदेनमा विवाद आउन सक्छ । अध्ययन अध्यापन मध्यम हुनेछ ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

जोश जाँगर र हिम्मत बढ्नेछ । काममा सफलता मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धन आउन सक्छ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । खर्च पनि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कला र गलाको प्रभाव बढ्नेछ । मनका शान्ति र कान्ती छाउनेछ ।  शुभ समाचार सुन्न पाइएला । मेहनतको प्रशंसा गर्नेहरूको कमी हुने छैन । नयाँ कामको प्रस्ताव आउनेछ । मनमा हर्ष र उमंग छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ योजना सुरू गर्ने सोचमा हुनुहुन्छ भने अहिले नगरेकै राम्रो । काम विगार्नेहरू सक्रिय हुनेछन् । कुनै पनि काम गोप्य ढंगले गर्दा उत्तम होला । खर्च बढ्नेछ । शरीर भारी भएको महशुष हुनेछ । उत्तरार्धपछि भने साथिभाईसँगको भेटले उमंग छाउला । प्रेमी प्रेमीकाबीचको सम्बन्ध मध्यम रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

स्वास्थ्य प्रतिकूल हुनेछ । अनाव्यकरूपमा खर्च बढ्नेछ । सोचेको काम अघि नबढ्दा दिक्दारी लाग्नेछ । मन चञ्चल हुनेछ । कुनै पनि काम गर्नअघि सोचविचार र गोप्य ढंगले गर्नु होला । मुद्दा मामिला आइलाग्ला । सरकारी निकायको भय हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

नयाँ योजना कार्यान्वयनमा आउन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढे पनि शैक्षिक क्षेत्र मध्यम नै रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पहिचान हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मित्र मिलनको योग छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसाय गर्नेका लागि पनि समय श्रेष्ठकर छ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आजको दिन उत्साहजनक ढंगले बित्नेछ । योजना कार्यान्वयनका लागि उपयुक्त समय छ । मनमा उत्साह र उमंग छाउला । आत्मबलमा बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता मिल्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : ४० बजे

करिब दुई हजार सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौँ– जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म जयन्ती उनको सम्झना गरी