विश्वभर १ लाख ४ हजार कोरोना संक्रमितको अवस्था गम्भीर « Khabarhub

विश्वभर १ लाख ४ हजार कोरोना संक्रमितको अवस्था गम्भीर


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ लाख ४ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको छ ।

वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ७४ लाख ६८ हजार ८२४ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ४ हजार ९०३ जनाको अवस्था गम्भीर रहेको छ ।

दोस्रो लहरको संक्रमण तीव्र हुँदा कोरोना संक्रमणबाट हुने मृत्युमा पनि दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै जान थालेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा  १० हजार ९५३ संक्रमितको मृत्यु भएको छ । बिहिबारभन्दा मृतक संख्या घटेपनि पछिल्ला केही दिन यता मृतक संख्या बढ्दो क्रममा छ ।

बिहिबार (११ मंसिरमा) अहिलेसम्मकै उच्च १२ हजार ५३ जनाको मृत्यु भएको थियो ।

चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख ३७ हजार ६२९ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २७६ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ४९८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५७ हजार ३१ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५२ हजार ८५० जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५० हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख १ हजार ५७४ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २ हजार ३२४ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ६९ हजार ५५५ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै मेक्सिकोमा १ लाख ३ हजार ५७९ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ८५ हजार १२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७६६ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३५ हजार ७५२ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २१ हजार ७२० संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७१ हजार ४९७ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा पनि संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा २९७ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २१ हजार २८९ संक्रमितको मृत्यु भएको छ ।

यस्तै ओसियानामा १ हजार १३ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ४० हजार ८०२ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १२ लाख ९१ हजार ७६० पुगेको छ । संक्रमितमध्ये ४ करोड २३ लाख ८५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ७ : ४० बजे

चुनाव नआउँदै लथालिङ्ग प्रलोपा, एमालेको बलमा जित्नुपर्ने जनार्दनलाई दबाब

काठमाडौं– तत्कालीन नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र नेपाल

टी-२० विश्वकपको दोस्रो तयारी खेलमा नेपालको शानदार जीत, क्यानडा ६ विकेटले पराजित

काठमाडौं- आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले

काव्यात्मक न्यारेसन शैलीमा पारिवारिक फिल्म ‘श्री बुकुरो’को ट्रेलर सार्वजनिक

काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘श्री

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको

चुनाव प्रचारमा जुटेका रास्वपा उम्मेदवार भ्रष्टाचारमा तानिए, अख्तियारले बयानमा बोलायो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना उम्देवारलाई चुनाव प्रचारमा जुटिरहेका बेला