स्वास्थ्यकर्मीलाई ‘जोखिम भत्ता’ उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

स्वास्थ्यकर्मीलाई ‘जोखिम भत्ता’ उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सम्बन्धित अस्पताल र निकायलाई निर्देशन दिएको छ।

शुक्रबार मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा खटिने सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका हुन्।

शुक्रबार नै बसेको नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार जोखिम भत्ता तत्काल उपलब्ध गराउन निर्देशन दिइएको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले असोज मसान्त सम्मको जोखिम भत्तासमेत समावेश गरी ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको स्पष्ट पारेको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : १५ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,