पुरस्कार घोषणाको २० महिनापछि एन्फाले दियो खेलाडीलाई मोटरसाइकल « Khabarhub

पुरस्कार घोषणाको २० महिनापछि एन्फाले दियो खेलाडीलाई मोटरसाइकल


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० महिनापछि खेलाडीलाई घोषणा गरेको पुरस्कार हस्तान्तरण गरेको छ ।

वि.सं. २०७६ सालको बैशाख २२ गते ‘एन्फ दिवस’ मनाउँदै उदीयमान खेलाडी बनेका अभिषेक रिजाल, महिलातर्फ उदीयमान खेलाडी बनेकी मञ्जली योन्जनले शुक्रबार पुरस्कार प्रदान गरेको हो ।

युवा खेलाडीहरु मात्रै होइन एन्फाले गत वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका हरि खड्का र लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका भगिरथ आलेलाई पनि पूर्वघोषित निर्णय अनुसार मोटरसाइकल प्रदान गरेको छ ।

त्यस्तै पुरुषतर्फ पूर्व फिफा रेफ्री लव खत्री र महिलातर्फ अस्मिता मानन्धरलाई उत्कृष्ट रेफ्रीबाट पुरस्कृत गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप लवले मोटरसाइकल र अस्मिताले स्कुटर प्राप्त गरेका छन् ।

२०७६ मा एन्फाले विभिन्न ११ विधामा फुटबलमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरेको थियो । यस वर्षको अवार्ड भने नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण हुन सकेन । यस पटक खेलाडीलाई सम्मान गर्ने बताएपनि अहिलेसम्म एन्फाले कार्यक्रमको रुपरेखा केही सार्वजनिक गरेको छैन ।

एन्फाले कर्माछिरिङ शेर्पालाई अध्यक्षमा निर्वाचित गरेको २०७५ साल बैशाख २२ गतेको दिनलाई हरेक वर्ष एन्फा दिवस मनाउने निर्णय गरेको छ। त्यसमध्ये २०७६ को मनाइए पनि ०७७ सालको एन्फा दिवस कारोना भाइरसका कारण सामाजिक सञ्जालबाट शुभकामना आदानप्रदान गरि मनाइएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : ३८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क