एमसीसी सम्झौता नेपालको पक्षमा छ, लागू गर्नुपर्छ : उर्जामन्त्री रायमाझी « Khabarhub

एमसीसी सम्झौता नेपालको पक्षमा छ, लागू गर्नुपर्छ : उर्जामन्त्री रायमाझी


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेकाले लागू गर्नुपर्ने बताएका छन् ।

आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु भए सच्याउन सकिने तर एमसीसी नै अपराध हो, सैन्य आक्रमण हुन्छ भनेर चलाइएका भ्रममा विश्वास नगर्न उनले आग्रह गरे ।

‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन । तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण नगर्ने हो भने खतम हुनेवाला छ,’ रायमाझीले भने ।

उनले मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १२ : १९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल