राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ 'हस्तक्षेप' बढेको भन्दै काठमाडौँमा प्रदर्शन | Khabarhub Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ ‘हस्तक्षेप’ बढेको भन्दै काठमाडौँमा प्रदर्शन


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले नेपालमाथि चिनियाँ ‘हस्तक्षेप’को बढेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

चीनले  नेपालको भूमि मिचेको, राजनीतिक हस्तक्षेप बढाएको, सगरमाथमामाथि गिद्धेदृष्टि लगाएको लगायतका आरोप लगाउँदै एकता समाजले विरोध प्रदर्शन गरेको हो ।

मिचिएको भूमि फिर्ताको माग राख्दै चीनविरुद्ध आफूहरुले गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको एकता समाजले जनाएको छ ।

प्रदर्शनका क्रममा काठमाडौँका भाटभटेनी नजिकबाट अभियानका संयोजक विनय यादवसहित दुई दर्जन बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।

चीनले ‘नेपाली भूमी मिचेको’, ‘सगरमाथामाथि गिद्धेदृष्टि लगाएको’ र ‘नेपाली राजनीतिमै हस्तक्षेप’ गरेको हुँदा आफूहरु प्रदर्शनमा उत्रिन बाध्य भएको अभियानका संयोजक यादवले बताए ।

‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘नेपालका राजनीतिक दललाई स्वतन्त्रता देउ’ ‘मिचेको भूमी फिर्ता गर’, ‘सगरमाथामाथि गिद्धेदृष्टि नलगाउ’ लगायतका नाराहरू लेखिएक प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।    

 

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ८ : ३५ बजे

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार