लिभरपुलका सबैभन्दा उत्कृष्ट खेलाडी एलेक्सजेन्डर : लिन्कर « Khabarhub

लिभरपुलका सबैभन्दा उत्कृष्ट खेलाडी एलेक्सजेन्डर : लिन्कर


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका ग्यारी लिन्करले लिभरपुलका सबैभन्दा उत्कृष्ट खेलाडी युवा रक्षक ट्रेन्ट एलेक्सजेन्डर अर्नोल्डो भएको दाबी गरेका छन् ।

मंगलबार ग्यारीले अङ्ग्रेजी पत्रिका दी गार्जियनसँगको अन्तरवार्तामा लिभरपुलका रक्षक अहिलेका खेलाडीमा सबैभन्दा राम्रा खेल्ने खेलाडी भएको बताएका हुन् ।

रेड्सका लागि खेल्ने २१ बर्षे एलेक्सजेन्डर एर्नाल्डो उत्कृष्ट खेलाडी भएको दाबी उनले गरेका छन् । इङ्ग्लीस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलका एलेक्सजेन्डर अन्य टोलीका खेलाडी भन्दा पनि उत्कृष्ट मानिन्छन ।

तर, त्यहीँ टोलीभित्र पनि को खेलाडी राम्रो भन्ने चर्चा भने पटक पटक चलिनै रहन्छ । र्योगन क्लोपको संरक्षणमा खेलिरहेका उनी लिभरपुलको एकेडेमिका खेलाडी हुन् ।

उनले अघिल्लो सिजनमा रक्षापङ्तीबाट २६ एसिस्ट गरेका थिए भने सेमिफाइनलमा बार्सिलोनाविरुद्ध चलाखिपूर्ण तवरबाट खेल्दै टोलीलाई जित दिलाएका थिए ।

तर, स्टार खेलाडीले भरिएको लिभरपुलमा बालन डिअरका लागि मनोनयनमा परेका भान डिज्कीको छायाँमा परेको बताइन्छ ।

यद्यपी लिन्कर एलेक्सजेन्डर उत्कृष्ट खेलाडी रहेको बताउँछन् । ‘ट्रेन्ट एकेडेमिबाट आएको खेलाडी हुन् । उनी निकै उत्कृष्ट खेलाडी हुन्,’ लिन्करले भने ,‘उनीहरुसँग धेरै उत्कृष्ट खेलाडी छन् । अग्रपङ्तीका मुख्य तिन खेलाडी जस्तै । अझ टेन्ट्र विषेश छन् ।’

लिन्करले आफुले उनको खेल हेर्दा तीन चार कुरा जहिले पनि ‘ओ माई गर्ड’ भन्न लायक रहने बताएका छन् । अघिल्लो बर्ष लिन्करले एलेक्सलाई उनकै घरम भेटेको र त्यो समयमा उनी लजालु स्वभावका खेलाडी भएको उनले बताएका छन् ।

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : ५२ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको