बन्चरे डाँडालाई मेलेम्ची–२ बनाउन खोज्नेको नाम सार्वजनिक गरिन्छ: राज्यमन्त्री मानन्धर « Khabarhub

बन्चरे डाँडालाई मेलेम्ची–२ बनाउन खोज्नेको नाम सार्वजनिक गरिन्छ: राज्यमन्त्री मानन्धर


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणाधीन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण  कार्यमा फेरि अवरोध आएपछि शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले निर्माण स्थलको छड्के अनुगमन गरेका छन् ।

उपत्यकाको फोहर व्यवस्थापनमा कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडामा निर्माण कार्य थप्प भएपछि मन्त्री मानन्धर सडक विभागका इन्जिनियरहरुसहित निर्माण स्थल पुगेका हुन् ।

बन्चरेडाँडालाई मेलम्ची-२ बनाउन खोज्नेहरु सलबलाईरहेको बताउँदै मन्त्री मानन्धरले राज्यको लगानीमाथि खेलवाड गर्नेहरुलाई कारबाही गरिछाड्ने चेतावनी दिएका छन् ।

‘मेलम्ची खानेपानी आयोजना सकिन कति वर्ष लाग्यो ? बन्चरे डाँडालाई पनि मेलम्चीकै हालतमा पुर्‍याउन खोज्नेहरु सलबलारहेका छन्,’ राज्यमन्त्री मानन्धरले भने ।

मन्त्रीसहितको टोली पुग्दा निर्माण स्थलमा क्रसर उद्योगले गिटी, बालुवा र ढुंगा पैठारी गरिरहेको समेत पाइयो । ल्याण्डफिल्ड साइट निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागको हेलचेक्र्याइका कारण निर्माणस्थलमा अवरोध आएको स्थानीयले आरोप लगाएका छन् ।

गत पुस पहिलो साता मन्त्री मानन्धरसँगै बन्चरेडाँडा पुगेका सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल र आयोजना निर्देशक पदम मैनालीले फागुन पहिलो साताभित्र फोहर व्यवस्थापन गर्नेगरी तीन सिफ्टमा काम गर्ने प्रतिवद्वता जनाएका थिए । तर विभागकै कारण काम रोकिएपछि स्थानीय थप आक्रोशित बनेका छन् ।

सोमबार मध्यान्ह मन्त्री मानन्धरसँगै सडक डिभिजन कार्यालय काठमाडौंका डिजी कुबेर नेपाली, इन्जिनियर अशोक शाक्य र मधुसुदन लामिछाने पनि पुगेका थिए ।

बन्चरेडाँडासम्म पुग्ने सडक पिच तत्काल गर्नेगरी काम अघि बढाइएको नेपालीले बताए । बन्चरेडाँडा पुग्ने छोटो दुरीको सडक निर्माणका बारेमा पनि अध्ययन थालिने छ ।

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १० : ३० बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि