राजपा तत्काल सरकारमा नजाने, समर्थन पनि नगर्ने « Khabarhub

राजपा तत्काल सरकारमा नजाने, समर्थन पनि नगर्ने


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनका क्रममा सत्तँरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्य गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले तत्कालै सरकारमा सहभागी नहुने बताएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकका बोल्दै राजपा संसदीय दलका नेता महेन्द्र राय यादवले आफूहरुलाई सरकारमा जान कुनै हतारो नभएको बताएका हुन् ।

नेता यादवले राजपाले तत्कालै सरकारलाई समर्थन गर्ने अवस्था समेत नभएको बताए ।

‘मधेशी जनतासँग सरकारले गरेको बाचा पूरा गर्नुपर्छ । सरकारकाले संविधान संसोधन गरोस्, २५ जना हाम्रा नेताहरु जेलमा छन् । राजपा मुद्धाका लागि गठन भएको पार्टी हो, सरकारमा जान हैन,’ नेता यादवले भने, ‘रेशम चौधरीलगायत अन्य नेता कार्यकर्ता पनि जेलबाट निकालियोस् । मुद्दालाई सम्बोधन गर्नुस्, हामी सरकारले चाहेका बेलामा फेरि पनि समर्थन गर्न सक्छौं । हामी त्यसका लागि तयार छौं । तर राजपा सरकारमा जाने सम्भावना छैन, मधेशी दललाई पालैपालो सरकारमा ल्याउने सरकारको चाहना हामीले बुझेका छौं । राजपा सरकारमा गए जनतालाई धोका हुन्छ ।’

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  २ : ३८ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने