सभामुखलाई प्रधानमन्त्रीभन्दा पनि माथि राख्नुपर्छ– डा. भट्टराई « Khabarhub

सभामुखलाई प्रधानमन्त्रीभन्दा पनि माथि राख्नुपर्छ– डा. भट्टराई


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय संसद साना तिना बहसमा अल्झिएको भन्दै नवनिर्वाचित सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले संसदमा गम्भीर बहस नै नभएको भन्दै आगामी दिनमा त्यसको शुरुवात हुने अपेक्षा रहेको बताए ।

‘संसद भनेको मुलतः प्रतिपक्षकै हो । विश्वका धेरै देशको संसद सञ्चालन भएको देखेको छु । त्यहाँका सभामुखले प्रतिपक्षको आवजलाई प्राथमिकता दिएको छ । तर हामी गम्भिर बहशमा सहभागी हुँदैनौं । झिनामसिना विषयमा सदन अलमलिएको छ,’ डा. भट्टराईले भने, ‘त्यसैले राष्ट्रिय मुद्धामा जति सदन जिवन्त हुनुपपर्थ्यो । त्यति हुन सकेको छैन ।’

डा. भट्टराईले अमेरिकाले अनुदानका रुपमा प्रदान गर्न लागेको सहयोग सन्भर्दमा भएको एमसीसी सम्झौताको विषयमा समेत सदनमा गम्भीर बहस हुनुपर्नेमा जोड दिएका छन् ।

‘अहिले एमसीसीका विषयमा जसरी छलफल भएको छ, राष्ट्रिय एजेण्डा रुपमा हैन, पार्टीको गुटका आधारमा छलफल, बहश भइरहेको छ, यो गलत हो,’ डा. भट्टराईले भने ।

पूर्व प्रधानमन्त्री भट्टराईले संघीय संसदको सभामुख पदलाई वरियताको आधारमा प्रधानन्यायाधीशभन्दा पनि तल राखेको भन्दै आपत्ति जनाए ।

‘हामी सबैले जनप्रतिनिधिसभालाई उच्च स्थानमा राख्ने गरेको भए पनि राज्यका तीन अंगहरुको स्थान उदारवादी लोकतन्त्रले आफ्नो उदारता भुल्दै गयो, समाजवादी लोकतन्त्रले पनि लोकतन्त्रका कतिपय विषय छाड्दै गयो । प्रतिनिधिसभाको स्थान अलि तल परेको हामीलाई अनुभूत हुन्छ,’ डा. भट्टराईले भने, ‘राज्यको प्रमुख राष्ट्रपति, उपराष्ट्रपति पछि सभामुख उच्च स्थानमा हुनुपर्छ । तर हामीले प्रधानमन्त्रीलाई माथि राख्यौं । तर, अहिले प्रधानन्यायाधीश, जसले संसदले बनाउने कानूनको व्याख्या गर्छ, उसलाई सभामुखभन्दा माथि राखिएको छ । यसमा सभामुखको ध्याना जाओस् ।’

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ३ : १० बजे

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको