चार राशि भएका ती व्यक्ति, जसले कमाउँछन् टन्नै सम्पति | Khabarhub Khabarhub

चार राशि भएका ती व्यक्ति, जसले कमाउँछन् टन्नै सम्पति


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हुनत : धनसम्पति कमाउन र धनी बन्न धेरै नै मेहनत गर्नुको विकल्प छैन । तर केही राशिहरुका लागि भने भाग्यमा नै धनी बन्ने संभावना हुने गर्दछ । कतिपयले यसलाई किस्मत भन्दछन् । कुल १२ राशिमध्ये ४ राशिका ब्यक्तिलाई उनीहरुको भाग्यले नै धनी बन्न साथ दिन्छ । निम्न ४ राशिका ब्यक्तिले धेरै नै सम्पति कमाउँन सक्ने ज्योतिष विद्याका जानकारहरु बताउँछन ।

१. वृष राशि

वृष राशिका जातकमा सुन्दर र विलाशी सामान किन्ने शौख हुन्छ । औसत ब्राण्डका सामग्री यी राशिका ब्यक्तिलाई मन पर्दैन । तसर्थ यी राशिका ब्यक्ति स्वतः धेरै धन कमाउन लालायीत हुने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका ब्यक्तिलाई भाग्यमानी मानिन्छन् । उनिहरुलाई धनी बनाउन राशि नै सहायक बन्ने गर्दछ ।

२. वृश्चिक राशि

धनी बन्ने सूचीमा वृश्चिक राशिका जातक पनि पर्दछन् । यस राशिका ब्यक्तिलाई भौतिक वस्तुको आकर्षण हुने गर्दछ । ठूला घर, कार, ब्यापार ब्यवसाय प्रति उनिहरु लिप्त हुन्छन । दृढ निश्चयी भएका कारणले पनि सम्पति कमाउने मामलामा वृश्चिक राशिका ब्यक्ति आफंै पनि मेहनत गर्दछन् भने भाग्यले पनि साथ दिने गर्दछ ।

३. कर्कट राशि

कर्कट राशिका जातकलाई धन, सम्पति कमाउन भाग्यले नै साथ दिने गर्दछ । यी राशिका ब्यक्ति अवसरका खोजिमा हुन्छन् । जहाँ उनिहरुको रहर पूरा गर्न राशि नै सारथी बनिदिन्छ । कर्कट राशिलाई स्वभावत : धनी बनाउन उनिहरुको आकांक्षा र भाग्य बलियो हुने गर्दछ । यी राशिका ब्यक्ति जग्गाजमिनको कारोबारबाट चाडैं धनि बन्ने गर्दछन् ।

४. सिंह राशि

सिंह राशिका जातकलाई भीडका बिचमा आफ्नो पहिचान बनाउने शौख हुन्छ । उनिहरु अन्य राशिका ब्यक्ति भन्दा फरक हुने चाहाना राख्दछन् । साथै उनिहरुलाई सम्पतिको मामलामा राशिले पनि साथ दिने गर्दछ । महंगा कार, गरगहना, रुपैयाँ पैसाको चाहाना उनिहरुको सामान्यतया : पूरा हुन्छ ।

उल्लेखित सूचीमा तपाईको राशि समावेश छैन भने पनि चिन्ता नगर्नुहोस् । किनकी सम्पति वा नाम कमाउन आफ्नो मन, मष्तिष्क र मेहनतले नै पूरा गर्ने ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : १८ बजे

जेनजी आन्दोलन : भदौ २३ को बर्बरता र मनोवैज्ञानिक प्रभाव

राजु झल्लु प्रसादअमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार

जेनजी आन्दोलनपछि पहिलो पटक देखिए ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा