आप्रवासीमाथि कडाइ गर्ने ट्रम्पको नीति अमेरिकी सर्वोच्च अदालतद्वारा अनुमोदन « Khabarhub

आप्रवासीमाथि कडाइ गर्ने ट्रम्पको नीति अमेरिकी सर्वोच्च अदालतद्वारा अनुमोदन


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई स्थायी बसोबासको अनुमति दिने कानूनमा कडाइ गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुमोदन गरेको छ ।

राष्ट्रपति ट्रम्पको नीति सर्वोच्चद्वारा अनुमोदनसँगै अमेरिकामा स्थायी बसोबासका लागि चाहिने ‘ग्रीनकार्ड’ पाउन अब आप्रवासीहरूलाई  कठिन हुने भएको छ ।

सर्वोच्च अदालतका नौ न्यायाधीशमध्ये आप्रवासीलाई कडाइ गर्नुपर्नेमा पाँच न्यायाधीशको समर्थन गरेका थिए ।

विभिन्न समयमा रिपब्लिकन राष्ट्रपतिहरूले नियुक्त गरेका प्रधानन्यायाधीशसहित पाँच ’कन्जरभेटिभ’ न्यायाधीशले ट्रम्पको नीति समर्थन गरेका थिए।

चार उदारवादी न्यायाधीशले आप्रवासीलाई कडाइ गर्न नहुने मत राखेका थिए। बहुमत न्यायाधीशको निर्णय नै सर्वोच्चको आदेश मानिन्छ।

सर्वोच्चको यो आदेशपछि ट्रम्प प्रशासनले शैक्षिक योग्यता, उमेर, अंग्रेजीमा दख्खल जस्ता पक्षहरूमा विचार गरेर मात्र आप्रवासीलाई ‘ग्रीनकार्ड’ दिनेछ।

सर्वोच्च अदालतले ट्रम्पको पक्षमा गरेको आदेशको तीव्र आलोचना समेत शुरु भएको छ। डेमोक्रेटिकहरूले आप्रवासीलाई कडाइ गर्ने ट्रम्प नीतिको विरोध गर्दै आएका छन्।

राष्ट्रपति ट्रम्पले भने आप्रवासीहरूलाई अमेरिकामा कडा कानून बनाउनुपर्ने नीति लिएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ३९ बजे

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय