टाटा मोटर्स जेन्युइन आयल नेपाली बजारमा « Khabarhub

टाटा मोटर्स जेन्युइन आयल नेपाली बजारमा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टाटा मोटर्स जेन्युइन पार्टस्को एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्टस्ले टाटाका विभिन्न कमर्सियल गाडीहरूका लागि टाटा मोटर्सको एकमात्र जेन्युइन आयल बजारमा सार्वजनिक गरेको छ ।

अन्तर्रािष्ट्रय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहमा नेपालभरका टाटा मोटर्स जेन्युइन पार्टस्का एक सयभन्दा बढी खुद्रा बिक्रेता, च्याम्पियन जोन तथा आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरूको सहभागिता थियो ।

उक्त समारोहका क्रममा टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर। रामाकृष्णन, सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेशनल बिजनेस प्रमुख राकेश मित्तल, टाटा मोटर्स लिमिटेड, इन्टरनेशनल बिजनेस कस्टमर केयर प्रमुख गणेश शेट्टी, सिप्रदी ट्रेडिङ्गका प्रमुख अपरेटिङ अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का प्रबन्ध निर्देशक विशाल पटेल तथा सिप्रदी अटोपार्टस्का प्रबन्ध निर्देशक युवराज बुढाथोकीले संयुक्त रुपमा टाटा मोटर्स जेन्युइन आयल अन्तर्रािष्ट्रय बजारमा औपचारिक रूपमा सार्वजनिक भएको घोषणा गरे ।

उक्त समारोहमा १ देखि १५ लिटर रेन्जसम्मका विभिन्न प्याकमा उपलब्ध तीन विभिन्न उत्पादनहरू– टाटा जेन्युइन इन्जिन आयल, गियर आयल तथा रियर एक्सल आयल लन्च गरिएको थियो ।

समारोहमा बोल्दै टाटा मोटर्स कस्टमर केयरका ग्लोबल हेड आर रामाकृष्णले भने, ‘टाटा मोटर्स जेन्युइन इन्जिन आयल ल्याएर हामीले ग्राहकहरूसँगको हाम्रो सम्बन्धलाई थप बिस्तार गरेका छौँ । यी उत्पादनहरुलाई लिएर हामीले एकदमै सकारात्मक प्रतिक्रिया पाएका छौँ । गाडीको अवस्था ठीक राख्न, कम इन्धन खपतका लागि र लामो ड्रेन इन्टरभलका लागि यो निकै उपयुक्त छ ।’

सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सबै सेग्मेन्टहरूमा ग्राहक पहिलो रोजाइ भन्ने आफ्नो उद्देश्यलाई पछ्याउँदै टाटा मोटर्ससँगको साझेदारीमा टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक गर्न पाउँदा निकै खुशी लागेको बताए ।

टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक भएको बारे बोल्दै टाटा मोटर्स स्पेयर पार्टस्का इन्टरनेशनल बिजनेस प्रमुख राकेश मित्तलले भने, ‘सहज र निर्वाध यात्राको प्रत्याभूति दिनका लागि टाटा मोटर्स जेन्यूइन आयल बनाइएको हो किनकि यसले टाटा मोटर्सका कमर्सियल गाडीहरूका लागि सुपेरियर मल्टीप्रपोस आयल रेन्जको रुपमा काम गर्दै गाडीहरूको कार्यक्षमता बढाउँछ ।’

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ११ : ०१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र