प्रधानमन्त्री बनेपनि जेकिण्डालाई चाहिँदैन सामान बोक्न सहयोगी, तस्वीर भाइरल ! « Khabarhub

प्रधानमन्त्री बनेपनि जेकिण्डालाई चाहिँदैन सामान बोक्न सहयोगी, तस्वीर भाइरल !


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेताहरुको जीवनशैली बिलासी हुन्छ भन्ने भ्रम छ भने त्यो त्याग्नुस् । सबै मुलुकका नेताहरु अझ भनौं विकसित मुलुकका नेताहरुको जीवनशैली निकै सरल हुने गरेको दृष्टान्तहरु धेरै छन् ।

विकसित मुलुकका नेता तथा उच्च अहोदाका मानिसहरु आफ्नो काम खुरुखुरु आफै गरिरहेका हुन्छन् । हालै उदाहरण बनेकी छिन्- न्युजिल्याण्डकी प्रधानमन्त्री जेकिण्डा आर्डेन।

अष्ट्रेलिया भ्रमणका क्रममा उनले आफ्नो सामान आफैंले बोकेकी थिइन् । आफ्नो सामान आफैंले बोकेर गाडीमा समेत राखेकी थिइन् । त्यो काम गर्नका लागि उनलाई न त भरिया चाहियो न त सहयोगी नै । उनको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर चार्टर गरेर जन्मदिन मनाएको विषयसँग जोड्दै यो तस्वीरलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

त्यतिमात्र नभएर नेपालका नेताहरुले सहयोगीका रुपमा छाता ओढाउनेदेखि खोला तर्दा बोक्नेसम्म मान्छेको व्यवस्था गरेको विषयसँग पनि जोडेर चर्चा गरिएको छ । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेकै थिए ।

अधिकांश कुरा विदेशी सिको गर्ने नेपाली राजनीतिक दलका नेता तथा उच्च अहोदाका व्यक्तिहरुले सकारात्मक कुरा कहिले सिक्छन् भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न समेत गरेका छन् ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री मात्र नभएर संसारको सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा आउने अमेरिकी प्राविधिक कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सको जीवन पनि अरुले सोचेको भन्दा फरक र निकै सरल छ ।

बिल गेट्को सम्पत्ति १ खर्ब अमेकिरी डलरभन्दा धेरै छ । यस्तोमा उनले आफ्नो जीवन आलिशान शैलीले बिताउने गरेको अरुलाई भ्रम हुनसक्छ । बिल गेट्सले सन् १९९४ मा माइक्रोसफ्टमा काम गर्ने मेलिण्डासँग विवाह गरेका थिए ।

उनीहरुको विवाह भएको २६ वर्षभन्दा धेरै भइसकेको छ । तर, विगत २६ वर्षदेखि यो जोडीले आफ्नो घरमा आफैं खाना बनाएर आफैं जुठा भाँडा समेत माझ्दै आएका छन् । धेरैलाई विश्वास नलाग्न सक्छ । तर यो वास्तविकता हो ।

उनीहरुले अरु सामान्य मानिसले जस्तै साधारण जीवन बिताइरहेका छन् । उनीहरु घरका अन्य काम पनि सँगै गर्न रुचाउँछन् । गेट्स दम्पत्ती घरायसी काम दुई जनाले बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ५६ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्