सडकको खाल्डाखुल्डी पुर्न स्थानीय नै जुटे « Khabarhub

सडकको खाल्डाखुल्डी पुर्न स्थानीय नै जुटे


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सम्बन्धित नियकाले ध्यान नदिएपछि वीरेन्द्रनगरका सडकका खाल्डाखुल्डी पुर्न स्थानीयवासी आफैँ जुटेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका–१३ स्थित इन्द्रपुरका स्थानीयवासीले आफैँ नै खाल्डाखुल्डी पुर्न थालेका हुन् ।

उनीहरूले आफ्नो गाउँमा रहेका करिब तीन किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्नुका साथै ढुङ्गा हालेका छन् । मदन भण्डारी राजमार्गको धुलियाबिटदेखि रामचोकसम्मको करिब तीन किलोमिटर सडकका खाल्डाखुल्डी पुरिएको छ ।

गाउँमा खाल्डाखुल्डी भएर बिरामी लिन एम्बुलेन्ससमेत जान नसकेपछि स्थानीयवासीले आफैँ खाल्डाखुल्डी पुर्न थालेको बताएका छन् ।

स्थानीय युवा कविनाथ योगीको अगुवाइमा स्थानीयवासीले सडकका खाल्डाखुल्डी पुर्ने काम गरेका हुन् । योगीले आफ्नो खर्चमा करिब ३४ टिपर ढुङ्गा, माटो ल्याएर सडकका खाल्डा पुरेको बताए ।

दुई फिटसम्म खाल्डो हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि स्थानीयवासीले सडकका खाल्डा पुर्नु परेको बताउँछन् । स्थानीय कलबहादुर खाँण ठकुरीले सडकमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि हिँडे पनि बेवास्ता गरेको बताए ।

यो सडकमा ढुङ्गा, गिटी र बालुवा लिन दैनिक एक सय बढी गाडी आउजाउ गर्छन् । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले सडकका खाल्डाखुल्डी प्राथमिकताको आधारमा पुरिने बताउँदै समस्या भएको ठाउँमा नगरपालिकामा खबर आएपछि पुर्ने काम गरिँदै आएको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ५० बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ