सडकको खाल्डाखुल्डी पुर्न स्थानीय नै जुटे « Khabarhub

सडकको खाल्डाखुल्डी पुर्न स्थानीय नै जुटे


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सम्बन्धित नियकाले ध्यान नदिएपछि वीरेन्द्रनगरका सडकका खाल्डाखुल्डी पुर्न स्थानीयवासी आफैँ जुटेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका–१३ स्थित इन्द्रपुरका स्थानीयवासीले आफैँ नै खाल्डाखुल्डी पुर्न थालेका हुन् ।

उनीहरूले आफ्नो गाउँमा रहेका करिब तीन किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्नुका साथै ढुङ्गा हालेका छन् । मदन भण्डारी राजमार्गको धुलियाबिटदेखि रामचोकसम्मको करिब तीन किलोमिटर सडकका खाल्डाखुल्डी पुरिएको छ ।

गाउँमा खाल्डाखुल्डी भएर बिरामी लिन एम्बुलेन्ससमेत जान नसकेपछि स्थानीयवासीले आफैँ खाल्डाखुल्डी पुर्न थालेको बताएका छन् ।

स्थानीय युवा कविनाथ योगीको अगुवाइमा स्थानीयवासीले सडकका खाल्डाखुल्डी पुर्ने काम गरेका हुन् । योगीले आफ्नो खर्चमा करिब ३४ टिपर ढुङ्गा, माटो ल्याएर सडकका खाल्डा पुरेको बताए ।

दुई फिटसम्म खाल्डो हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि स्थानीयवासीले सडकका खाल्डा पुर्नु परेको बताउँछन् । स्थानीय कलबहादुर खाँण ठकुरीले सडकमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि हिँडे पनि बेवास्ता गरेको बताए ।

यो सडकमा ढुङ्गा, गिटी र बालुवा लिन दैनिक एक सय बढी गाडी आउजाउ गर्छन् । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले सडकका खाल्डाखुल्डी प्राथमिकताको आधारमा पुरिने बताउँदै समस्या भएको ठाउँमा नगरपालिकामा खबर आएपछि पुर्ने काम गरिँदै आएको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ५० बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि