खाली पेटमा खाए स्वास्थ्यमा हानी गर्ने ९ खानेकुरा « Khabarhub

खाली पेटमा खाए स्वास्थ्यमा हानी गर्ने ९ खानेकुरा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हरेक मानिस स्वस्थ रहन उसको जीवनशैली र खानपान विशेष कारक मानिन्छ । अझ कुन समयमा के खाने के नखाने लगायतका विषयले समेत मानिसको स्वास्थ्यमा असर पार्दछ ।

तसर्थ हामीले कुन समय के खाने भन्नेमा विशेष ध्यान दिनुपर्छ । बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने भएकाले बिहान बिहान खान नहुने केहि खानेकुरा हुन्छन् ।

यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ । तसर्थ खालीपेटमा के के खानु हुदैन न त ? थाहा पाइ राख्नुहोस् ।

१. ग्रीन टी वा दुध हालेको चिया

धेरैजसो व्यक्ति विहान उठेपछि ग्रीन टी वा दुध हालेको चिया पिउने गर्छन् । तर यसले स्वास्थ्यमा नराम्रो असर पार्दछ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा समस्या गर्छ ।

२. गोलभेँडा

गोलभेँडामा अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँने गर्दछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँनु राम्रो मानिन्छ ।

३. दुध

दुधमा सैच्युरेटेड र प्रोटिनको मात्रा बढी मात्रामा पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँने काम गर्छ । साथै विहान खाली पेटमा दुध पिउँदा खोकी समेत लाग्दछ ।

४. दहि

दुधका अलावा बिहान दुधबाट बनेका उत्पादन पनि सेवन गर्नु राम्रो मानिदैन । बिहानै दही खानु हुदैन । दहीबाट पेटमा हाइड्रोक्लोरिक एसिड बढ्ने गर्छ । र, यसमा भएको ल्याक्टिक एसिडबाट ब्याक्टेरियालाई नष्ट गर्छ ।

५. केरा

प्रायः मानिस तौल बढाउन बिहान बिहानै केरा खाने गर्दछन् । तर बिहान केरा खाँदा यसले शरीरको पाचनप्रक्रिया बिर्गाने खतरा हुन्छ । बिहानै केरा सेवन गर्दा क्यालसियम र म्याग्नेशियमको सन्तुलन बिग्रन्छ ।

६. सखरखण्ड

स्वादमा राम्रो मानिए पनि बिहान बिहान खाली पेटमा सखरखण्ड खादाँ यसले शरीरमा फाइदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्दछ ।

७. सोडा

खाली पेटमा ज्यादा कार्बोनेटयुक्त केहि खानु हुदैन । विशेषतः खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । साथै एसिडको समस्याले छाति दुख्ने पोल्ने हुनसक्छ ।

८ औषधि

आवश्यकता र प्राथमिकता बाहेकका औषधिलाई बिहान खाली पेटमा खानु हुदैन । अन्यथा औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्वहरुसँग मिलि रसायनिक प्रतिक्रिया बनाउँछ । यसले स्वास्थ्यमा ठुलो असर पर्दछ । तसर्थ अनिवार्य औषधि बाहेक केहि खाएर खानु मात्र उपयुक्त हुन्छ ।

९ अल्कोहल

अल्कोहल आफैंमा हानिकारक छ । त्यसमा पनि खाली पेटमा अल्कोहल खादाँ छिट्टै नशा लाग्छ साथै पेटमा जलनका साथै अन्य समस्या समेत निम्त्याउँछ । त्यसैले बिहान केही नखाइकन अल्कोहल खानु घातक हुन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : २६ बजे

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि