फ्लोरमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ « Khabarhub

फ्लोरमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसी र नायिका सुहाना थापाको शीर्ष भूमिका रहने फिल्म ‘ए मेरो हजुर ४’ को मुहूर्त गरिएको छ । शुक्रवार राजधानीको गोंगबुस्थित कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त गरियो ।

मुहूर्त कार्यक्रममा फिल्मका कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत उपस्थित थिए भने निर्देशक झरना थापा, छायांकार सञ्जय लामा लगायत उपस्थित थिए ।

अनमोल र सुहानाको जोडी रहेको फिल्म ‘ए मेरो हजुर ३’ ले दर्शकको साथ पाएको थियो । यद्यपि फिल्मले प्रतिक्रिया भने औसत पाएको थियो ।

आजैबाट फ्लोरमा उत्रेको यो फिल्मको छायांकन पोखरा, ललितपुर र काठमाडौं आसपास खिचिनेछ । झण्डै डेढ करोडमा निर्माण हुने यो फिल्ममा अनमोल र सुहाना प्रेमीप्रेमिकाको भूमिकामा देखिनेछन् ।

आगामी वर्षको दशैंमा रिलिज हुने भनिएको ‘ए मेरो हजुर ४’ सुनील कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो ।

यसअघि झरनाले निर्देशन गरेका फिल्म ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ ले व्यावसायिक सफलता हात पारेका थिए । यद्यपि दुवै फिल्मले समीक्षा भने राम्रो पाएका थिएनन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ३० बजे

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

चितवन– भरतपुरस्थित मालपोत कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरेका ६ जना

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले