काठमाडौं – उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने गरी फिल्म ‘जारी’ निर्माण हुने भएको छ । योसँगै फिल्मको फस्ट लूक पनि सार्वजनिक गरिएको छ ।
आउँदो वर्षको जेठ २३ गते रिलिज हुने गरी फिल्म निर्माण हुन लागेको हो । निर्देशन रामबाबु गुरुङले यो फिल्ममा लगानी गर्नेछन् । गुरुङले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् ।
फिल्ममा दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका हुनेछ । साथै फिल्ममा प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रेखा लिम्बु, पुष्कर गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारको समेत अभिनय रहेछ ।
यस्तै फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन रहनेछ भने निमेष श्रेष्ठले सम्पादन गर्नेछन् ।
प्रतिक्रिया