टन्सिल भएमा यसरी गर्नुहोस घरमै उपचार « Khabarhub

टन्सिल भएमा यसरी गर्नुहोस घरमै उपचार


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चिसो मौसम होस् वा अत्यधिक चिसो खादाँ आजकल धेरै मानिसलाई टन्सिल भइरहेको हुन्छ । टन्सिल हुदाँ ज्वरो आउँने, काम गर्ने जाँगर नचल्ने तथा सामान्य दिनचर्यामा नै प्रभावित हुने गर्दछ ।

टन्सिलाइटिस नामक ग्रन्थीमा हुने संक्रमण, घाउ वा सुन्निएमा हामी त्यसलाई टन्सिल भन्दछौ । यस्तो अवस्थामा खानपिन गर्न वा थुक निल्म मात्र निकै अप्ठेरो हुने गर्दछ ।

टन्सिलाइटिस यस्तो ग्रन्थी हो, जहाँ सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा हुने गर्दछ । मुखबाट शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया टन्सिलाइटिसले रोक्दछ । तर जब टन्सिलाइटिस नै संक्रमित हुन्छ यसले शरीरमा समस्या निम्त्याउँन गर्दछ ।

तर, संभव भएसम्म टन्सिलमा औषधी सेवन गर्नु भन्दा प्राकृतिक एवम् घरेलु उपचार गर्नु उत्तम हुन्छ ।

१. नुनपानीले कुल्ला गर्ने
टन्सिल भएमा मनतातो पानीमा नुन हालेर कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । दैनिक ३/४ पटक नूनिलो पानीले कुल्ला गरे टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ ।

२. बेसार पानी खाने
बेसारले शरीरको भित्री संक्रमणबाट बचाउन समेत प्रभावकारी मानिन्छ । बेसार आफैमा प्राकृतिक एन्टिबायोटिक हो । बेसारलाई मनतातो पानी राखेर दैनिक ३/४ कुल्ला गरेमा पनि टन्सिल कम हुन्छ ।

३. तुलसीको पात चपाउने
धार्मीक महत्व बोकेको तुलसी बहुगुणी वनस्पती मानिन्छ । टन्सिल भएको अवस्थामा तुलसीको पात मुखमा राखेर चपाएमा यसमा राहत मिल्दछ । पानीमा उमालेर खाएमा पनि तुलसीको पातले राहत दिलाउँछ ।

४. मह र दालचिनी खाने
मह र दालचिनि टन्सिलमा फाइदाजनक हुन्छन् । दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरे टन्सिलको दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।

५. हर्बल चिया

टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ । हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : ३४ बजे

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक