नेता रिजालको कटाक्षः बढुवा खाएको व्यक्तिले प्रमुखलाई कार्यालयबाट बाहिरिए हुन्छ भनेमा कस्तो सुनिन्छ होला ?’ « Khabarhub

नेता रिजालको कटाक्षः बढुवा खाएको व्यक्तिले प्रमुखलाई कार्यालयबाट बाहिरिए हुन्छ भनेमा कस्तो सुनिन्छ होला ?’


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिसभामा सिफारिस गर्ने सचिवालयको निर्णयपछि नेकपामा विवाद र ध्रुवीकरण देखिएको छ ।

गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरिएको भएपनि प्रधानमन्त्री केपी ओलीले भने अर्थमन्त्री डा युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका थिए र उनले वामदेवलाई राष्ट्रियसभामा नलैजाने चेतावनी अन्य नेताहरुलाई दिएका थिए ।

उनले यस्तो चेतावनी दिएसँगै नेकपाको विवाद सतहमा आएको थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतले पार्टी निर्णयबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पछि हट्न नमिल्ने बताएका थिए ।

वरिष्ठ नेता खनालले पार्टी निर्णय मान्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्षले निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका थिए । केही पत्रपत्रिकामा भने उनले प्रधानमन्त्री ओलीले पार्टी निर्णय कार्यान्वयन नगर्ने हो भने उनी हट्नु पर्ने बताएको समाचारहरु सार्वजकि भएको थियो ।

नेता खनालको यस्तो धारणा आइरहँदा नेकपाका नेता एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने ‘वरिष्ठताका आधारमा बढुवा भएको व्यक्तिले कार्यालय प्रमुखलाई नै कार्यालयबाट बाहिरिए हुन्छ भनेझै’ भन्दै टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा नेता रिजालले कसैको पनि नाम उल्लेख नगरि ‘वरिष्ठताका आधारमा’ मा बढुवा खाएको व्यक्तिले नै छ महिनाको परीक्षण काल पनि समाप्त नहुँदै कार्यालय प्रमुखलाई नै ‘तपाईं यस कार्यालयबाट बाहिरिए हुन्छ’ भनेमा कस्तो सुनिन्छ होला ?’ भन्दै प्रश्न गरेका छन् ।

पार्टी वरियतामा पार्टी अध्यक्षहरु दोस्रो बरियतामा नेता नेपाल र तेस्रो बरियतामा झलनाथ खनाल थिए । तर तेस्रो नम्बरमा रहेका नेता खनालले आफ्नो बरियता मिचिएको भन्दै असन्तोष व्यक्त गरेपछि सचिवालय बैठकले उनलाई बढुवा गर्दै वरिष्ठ नेता बनाएको थियो भने नेता नेपाल घटुवामा परेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  २ : २७ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने