पार्टीमा विवाद बढिरहेका बेला सुकुटे पुगे प्रचण्ड « Khabarhub

पार्टीमा विवाद बढिरहेका बेला सुकुटे पुगे प्रचण्ड


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सचिवालय बैठकले गरेको निर्णयका कारण पार्टीभित्र विवाद चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सिकुटे पुगेका छन् ।

शुक्रबार बिहान चितवन पुगेका प्रचण्ड त्यहाँबाट हेलिकोप्टरमार्फत सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन् । प्रचण्डको निजी सचिवालयका अनुसार उनले त्यहाँ एक रात बिताउने कार्यक्रम छ ।

प्रचण्डले शनिबारदेखि शुरु हुने सुकुटे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम समेत छ ।

बुधबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कार्यान्वयन नगर्ने चुनौती दिएपछि नेकपामा अहिले विवाद बढेको छ ।

ओलीको चुनौती पछि बहुमत सचिवालय सदस्यहरु पार्टीले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा छन् ।

सोही विषयमा शुक्रबार बिहान प्रधानमन्त्री ओली बाहेकका शीर्ष नेताबीच अध्यक्ष प्रचण्डको निजी निवास खुलमटारमा छलफल समेत भएको थियो ।

शीर्ष नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरुसँगको छलफलपछि प्रचण्ड चितवन गएका थिए ।

चितवनमा सञ्चारकर्मीको कुराकानीमा प्रचण्डले पार्टीको निर्णय कार्यान्वयन भएरै छाड्ने बताएका थिए । पार्टीको निर्णय प्रधानमन्त्री ओलीले पनि मान्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ४ : ३८ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर