प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

शुक्रबार बिहान प्रचण्ड निवासमा भएको ओली इतरका नेताहरुको बैठकमा सहभागी भएका नेपाल बैठकको निर्णय जानकारी गराउन प्रधानमन्त्रीसँग भेट गरेको जनाइएको छ ।

पछिल्लो केहि दिन यता नेकपामा अन्तर संघर्ष चुलिएको छ । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउने विषयका कारण नेकपाका शीर्ष नेताहरुबीच मत बाझिएपछि पार्टीमा आन्तरिक संघर्ष चुलिएको हो ।

आज बिहान प्रचण्ड निवासमा बसेको ओली इतरका नेताहरुको बैठकले सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको थियो ।

निर्णयका बारेमा नेताहरुले केही जानकारी नदिएको भए पनि बैठकपछि चिवतन पुगेका नेकपा अध्यक्ष प्रचण्डले सचिवालयको निर्णय नै आधिकारिक निर्णय भएको भन्दै प्रधानमन्त्रीले मान्नैपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको चाहनाअनुसार वर्तमान अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई निरन्तरता दिन नसकिने स्पष्ट पारेका प्रचण्डले उनलाई मन्त्री बनाउन चाहे ६ महिना मन्त्री बनाउन सकिने बताएका छन् ।

यसले मध्यमार्गी बाटो समेत देखाएको छ । प्रचण्ड निवासमा बसेको ओली इतरका नेताहरुको बैठकले खतिवडालाइ ६ महिनासम्म मन्त्री बनाउने र गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बाटोका विषयमा छलफल गरेको छ ।

ओली इतरका नेताहरुको बैठक सकाएर चितवन पुगेका प्रचण्ड त्यहाँबाट फर्केर सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । केही निर्णय लिनुभन्दा पहिला सुकुटे जाने प्रचण्डको पुरानै शैली हो ।

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गत बुधबारको सचिवालय बैठकको निर्णय कार्यान्वयन नगर्ने चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि नेकपाको ध्रुवीकरण तीव्र बनेको छ ।

नेकपा सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने नगरे पार्टी छाडेर जान सुझाव दिएका वरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक रुपमै चेतावनी दिएपछि ओली पक्षका नेताहरुले उनको आलोचना शुरु गरेका छन् ।

नेता खनालले खबरहबसँगको कुराकानीमा पार्टीको निर्णय सबै नेता कार्यकर्ताले मान्नुको विकल्प नभएको समेत बताएका थिए । उनले नेपाली राजनीतिमा नयाँ आयाम आउने सम्भावना रहेको समेत बताएका छन् । कस्तो आयाम भन्ने नखुलाएका उनले नयाँ राजनीतिक यात्राका लागि प्रक्रिया शुरु हुने बताएका थिए ।

यता प्रधानामन्त्री केपी शर्मा ओली पार्टीभित्रै अल्पमतमा परेपछि उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटे । भेटका क्रममा नेता कोइरालाले प्रधानमन्त्रीलाई राजनीनामा दिन सुझाव दिएको बताएका छन् । सत्तारुढ नेकपाभित्र ओली अल्पमतमा परेपछि उनले शुरु गरेको प्रतिपक्षी दलका नेतासँगको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : ०३ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने