चीनमा सर्प, कुकुर, बिरालोलगायतका जनावरको मासु खान प्रतिबन्ध ! | Khabarhub Khabarhub

चीनमा सर्प, कुकुर, बिरालोलगायतका जनावरको मासु खान प्रतिबन्ध !


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेन्जेन– जंगली जनावरका कारण कोरोनाभाइरस मानिसमा फैलिएको वैज्ञानिकहरुले आशंका व्यक्त गरिरहेका बेला चीनको सेन्जेन शहरले कुकुर र बिरालोको मासु उपभोगमा प्रतिबन्ध लगाउने तयारी थालेको छ ।

हङकङसँग सीमा जोडिएको सेन्जेन शहर प्रशासनले आइन्दा माछा र समुद्री मासुजन्य खानेकुराबाहेक कुखुरा, सुँगुर, गोरु, खरायो, हाँस, खसीबोका, परेवा, गधासहित ९ प्रकारका मात्र मासु खान सिफारिस गर्ने तयारी गरेको हो ।

जंगली जनावरका मासु प्रतिबन्ध गर्नु विकसित मुलुकमा सामान्य विषय भएको र सभ्यताको सर्वव्यापी आवश्यकता रहेको त्यहाँको स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।

उक्त सूचनामा कुकुर र बिरालाहरु पाल्तु जनावर रहेको र उनीहरुको मासु खान नहुने जनाइएको छ । त्यसबाहेक सर्प भ्यागुता र कछुवाको मासु पनि प्रतिबन्ध लगाइएको छ । दक्षिणी चीनमा यी जनावरका मासु निकै लोकप्रिय मानिन्छन् ।

यसअघि गत सोमबार चीनको केन्द्र सरकारले जंगली जनावरका मासुको व्यापार र उपभोगमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : १२ बजे

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम