चीनमा सर्प, कुकुर, बिरालोलगायतका जनावरको मासु खान प्रतिबन्ध ! « Khabarhub

चीनमा सर्प, कुकुर, बिरालोलगायतका जनावरको मासु खान प्रतिबन्ध !


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सेन्जेन– जंगली जनावरका कारण कोरोनाभाइरस मानिसमा फैलिएको वैज्ञानिकहरुले आशंका व्यक्त गरिरहेका बेला चीनको सेन्जेन शहरले कुकुर र बिरालोको मासु उपभोगमा प्रतिबन्ध लगाउने तयारी थालेको छ ।

हङकङसँग सीमा जोडिएको सेन्जेन शहर प्रशासनले आइन्दा माछा र समुद्री मासुजन्य खानेकुराबाहेक कुखुरा, सुँगुर, गोरु, खरायो, हाँस, खसीबोका, परेवा, गधासहित ९ प्रकारका मात्र मासु खान सिफारिस गर्ने तयारी गरेको हो ।

जंगली जनावरका मासु प्रतिबन्ध गर्नु विकसित मुलुकमा सामान्य विषय भएको र सभ्यताको सर्वव्यापी आवश्यकता रहेको त्यहाँको स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।

उक्त सूचनामा कुकुर र बिरालाहरु पाल्तु जनावर रहेको र उनीहरुको मासु खान नहुने जनाइएको छ । त्यसबाहेक सर्प भ्यागुता र कछुवाको मासु पनि प्रतिबन्ध लगाइएको छ । दक्षिणी चीनमा यी जनावरका मासु निकै लोकप्रिय मानिन्छन् ।

यसअघि गत सोमबार चीनको केन्द्र सरकारले जंगली जनावरका मासुको व्यापार र उपभोगमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : १२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका