कोरोना भाइरस आशंकामा संकलन गरिएको नमूना लिन गएको जहाज धावनमार्गमा दुर्घटना « Khabarhub

कोरोना भाइरस आशंकामा संकलन गरिएको नमूना लिन गएको जहाज धावनमार्गमा दुर्घटना


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंबाट कोरोना भाइरस संक्रमणको आशंकामा संकलन गरिएको स्वाबको नमूना लिन गएको विमान दुर्घटनामा परेको छ ।

स्वाबको नमूना लिनका लागि नेपालगञ्ज गएको नेपाल एयरलायन्सको जहाज अवरतरण गर्ने बेलामा दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई जना चिकित्सक र तीन जना चालक दलका सदस्य सकुशल रहेको विमानस्थल स्रोतको भनाइ छ ।

जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जाली नजिक पुगेको थियो ।

विभिन्न स्थानमा संकल भएका स्वाबका नमूना काठमाडौं ल्याउन स्वास्थ मन्त्रालयले उक्त जहाज चाटर्ड गरेको थियो । विमानबाट लाइएका स्वाबलाई राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिने छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १२ : ३७ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने