इटालीका शवगृह भरीभराउ, आफन्तविनै अन्तिम संस्कार « Khabarhub

इटालीका शवगृह भरीभराउ, आफन्तविनै अन्तिम संस्कार


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रीयजन गुमाउँदा दर्जनौं मानिसहरु शोकमा हुन्छन् । अन्तिम विदाईका क्रममा सयौं मानिस संस्कारस्थलसम्म पुग्छन् ।

तर इटालीको दृश्य हृदयविदारक छ । कोरोना भाइरसको महामारीपछि सरकारले लकडाउन गरेको छ । दैनिक जसो सयौं मानिसको मृत्यु  भइरहेको छ ।

इटालीका सबैजसो शवगृह भरिभराउ भएका छन् । अवस्था यस्तो छ कि आफन्तको शव बुझ्ने समेत मानिस छैनन् । यो अवस्थाकाबीच सैनिकले एकैपटक धेरै शव लगेर गाड्दै आएका दृश्य देखिएका छन् ।

इटालीमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने धेरै मानिससँग अन्तिम स्वाँस फेर्दा परिवारका सदस्य वा कुनै साथी हुदैननन्।

उनीहरुबाट कुनै दोस्रो व्यक्तिमा संक्रमण नफैलियोस भनेर अस्पतालमा भेटघाट प्रतिबन्ध लगाइएको छ ।

यद्यपि स्वास्थ्य अधिकारीहरुका अनुसार शवमा भाइरसको संक्रमण हुँदैन। तैपनि भाइरस मृत्यु भएको व्यक्तिको कपडामा केही घन्टासम्म जिवित रहनसक्छ। यसको मतलब यो हो की शवलाई तुरुन्तै सिल गर्न आवश्यक हुन्छ।

इटालीको क्रेमोनामा शवलाई अन्तिम संस्कारका लागि तयार गर्ने काममा संलग्नहरुलाई उदृत गर्दै बीबीसीले लेखेको छ ‘धेरै परिवारका सदस्यहरुले सोध्ने गर्दछन, हामी अन्तिम पटक प्रियजनलाई देख्न सक्छौं ? तर, उनीहरुलाई त्यसमा पनि अनुमति मिल्दैन, किनकी भाइरसको संत्रासले सबै किसिमका भेटघाटमा प्रतिबन्ध लगाइएको छ।’

सामान्यतया परिवारजनले निधन भएको व्यक्तिलाई मन पर्ने कपडा लगाइदिने, उसलाई सजाउने र अन्तिम संस्कार गर्ने परम्परा इटालीमा पनि छ।

तर, अहिले कोरोना भाइरसबाट मर्नेको अन्तिम संस्कारमा मनपर्ने कपडा लगाउन सक्ने अवस्था छैन। उनीहरुलाई अस्पतालले उपचार गर्दा लगाएको गाउनमा गाड्ने गरिएको छ।

शुक्रबार साँझसम्म इटालीमा ९ हजार १ सय ३४ जनाको मृत्यु भएको छ । शबलाई सेनाले ट्रकका ट्रक कफिनमा हालेर सामुहिक रुपमा लगेर गाड्दै आएको छ । जहाँ न आफन्त हुन्छन् न त इष्टमित्र नै । इटालीका मानिस आफ्नो प्रियजनको विदाईमा पनि मन बाँधेर बस्न बाध्य छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ४ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार