कोरोनाको उद्गम हुवेइका नागरिक अन्य प्रान्त जान खोज्दा आक्रमण « Khabarhub

कोरोनाको उद्गम हुवेइका नागरिक अन्य प्रान्त जान खोज्दा आक्रमण


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा सरकाले लागू गरेको लकडाउन हटेसँगै कोरोनाको उद्गम हुबेई प्रान्त र छिमेकी जियांगक्सी प्रान्त जोड्ने पुलमा झडप भएको छ ।

हुबेइ प्रान्तका नागरिक अन्यत्र जान खोज्दा उनीहरुमाथि आक्रमण भएको हो । झडपका भिडियोहरु चिनियाँ समाजिक सञ्जालमा पोस्ट गरिएका छन् ।

सार्वजनिक भिडियोहरुमा पुलमा पुलिसको गाडी पल्टाइएको देखाइएको छ भने पुलिसले ठूलो संख्यामा चिच्याउँदै गरेको भीडको सामना गरेको छ ।

स्थानीय मिडियाका अनुसार जियांग्सी प्रशासनले हुबेईका मानिसहरुलाई प्रवेशमा रोक लगाएपछि स्थिति तनावग्रस्त बनेको हो । हुबेईले वुहानबाहेका प्रान्तका लागि मात्र लकडाउन हटाएको जनाइएको छ ।

कोभिड–१९ बाट प्रताडित हुबेईको मानिसहरुप्रति चीनमा गहिरो अविश्वासले जरो गाडेको यस घटनाले पुष्टि गरेको छ ।

हुबेइले सफलतापूर्वक महामारी समाप्त गरेको दाबी गरे पनि यहाँका मानिसहरुलाई होटल र घरहरुमा प्रवेशबाटसमेत बञ्चित गरिएको छ।

लकडाउन हटेपछि हुबेईमा मानिसहरु चीनको अन्य स्थानहरुमा समेत जान चाहेका छन्, तर उनीहरुलाई रोक लगाइएको छ ।

शुक्रबार पुलमा भएको झडपको भिडियोमा हुवेइबाट नदीपार गरी जियांगक्सी जान खोजिरहेको व्यक्तिहरुलाई रोक्न पुलपारी वर्दीधारी अधिकारिहरुको पंक्तिले नाकावन्दी गरेको देखिएको छ ।

जहाँ एउटा ठूलो भीड नाकाबंदीलाई तोड्न मार्च गरिरहेको देखिन्छ । एउटा अर्कोमा भिडियोमा हुबेईका पार्टी कमिटी सचिवले भिडलाई तितर–बितर हुन आग्रह गरेका छन् ।

उनले त्यहाँ जम्मा हुनु खतरनाक हुने भन्दै सम्झाउने कोशिस समेत गरेका छन् ।

पुलको टोल बुथमा कार्यरत एक कर्मचारीले द ग्लोब एण्ड मेलसँग कुरा गर्दै झडप शुक्रबार दिउँसो ३ बजेदेखि ६ बजेको बीचमा भएको जनाएका छन् ।

उनको नाम भने गोप्य राखिएको छ । किनभने उनलाई विदेशी मिडियासँग कुरा गर्न अनुमति सरकारले दिएको छैन । झडपसँगै शुक्रबार दिउँसोदेखि पुलको दुबैतर्फ नाकाबन्दी लगाइएको छ ।

सरकारी स्वामित्वको एक चीनियाँ मिडियालाई उद्धृत गर्दै डेली मेलले पनि झडपको पुष्टि गरेको छ ।

चीनमा लकडाउन खुलेसँगै रेलवे र लामो दूरीको बस सेवा सुचारु भएका छन् । रेलवे र सवारी सञ्चालन भए पनि  हुवेइका नागरिकहरुलाई चीनको अन्य भागमा जान दिएको छैन । गएकाहरुमाथि पनि चरम विभेदका दृष्टिले हेर्ने गरिएको पाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ४७ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा