अमेरिकामा कोरोना विरुद्धको खोप तीव्र रुपमा विकास गरिँदै « Khabarhub

अमेरिकामा कोरोना विरुद्धको खोप तीव्र रुपमा विकास गरिँदै


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- कोरोना भाइरस (कोभिड–१९) को खोप निर्माणको निम्ति विभिन्न ३२ कम्पनीले अनुसन्धान तीव्र बनाएका छन् ।

अमेरिकाको वोस्टनमा अवस्थित फार्म मोर्डेनाले जनावारमा सफल परीक्षण भएमा मानिसमा समेत यथशीघ्र परीक्षण गरिने जनाएको छ । मोर्डेनाले यसअघि ‘मर्स’ भाइरसको खोप आविस्कार गरेको थियो ।

मोर्डेनाले सन् २००२ मा चीनवाट नै सुरु भएको अर्को महमारी सार्स भाइरसको खोप सिओभी–२ लाई नै पुन : परिमार्जितरुपमा सिधै मानिसमा परीक्षण गर्ने जनाएको छ । सिओभी–२ ले विशेषत भाइरसलाई फोक्सोमा प्रवेश गर्नवाट जोगाउछ भने भाइरसलाई कोषहरुसम्म पुग्नवाट रोक्ने काम गर्दछ ।

अर्को कम्पनी नोभेक्सले पनि सिओभि–२ लाई थप संयोजन गरि नयाँ रणनीतिको साथ कोभिड–१९ को खोप निर्माण गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीय गरेको जनाएको छ । यस्तै वेलायती कम्पनी सेपीले अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी नोभ्याक्ससॅग मिलेर ४ दशमलव ४ मिलियन डलरको खोप निर्माण परियोजना अघि बढाएको छ ।

यस अघि बासिङटन राज्यमा कोरोना विरुद्धको एउटा खोप मानिसमा परिक्षण भएको छ । यसबाट अनुसन्धानकर्ता र विश्व समुदायले राहतको सास छिटै फेर्न पाउने आस गरेका छन् । मानिसमा परिक्षण गरिएको खोपको प्रारम्भिक नतिजा अपेक्षाकृत रुपमा सफल देखिएको बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ११ : ०१ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र