कोरोना भाइरस: टम क्रुजको ‘मिसन इम्पोसिबल’ सिक्वेल सर्‍यो « Khabarhub

कोरोना भाइरस: टम क्रुजको ‘मिसन इम्पोसिबल’ सिक्वेल सर्‍यो


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयार्क – हलिउड अभिनेता टम क्रुजको फ्रेन्चाइज मिसन इम्पोसिबलको सातौं र आठौं शृङ्खला कोरोना भाइरसका कारण नयाँ मितिमा रिलिज गर्ने घोषणा गरिएको छ ।

फिल्मको सातौं सिक्वेल यस वर्षको २३ जुलाइमा रिलिज गर्ने घोषणा गरिएको थियो । अब यो फिल्म सन् २०२१ मा पुगेको छ ।

मिसन इम्पोसिबलको आठौं सिरिज सन् २०२२ को ५ अगस्तमा रिलिज गर्ने घोषणा गरिएको थियो । यो फिल्म २०२२ को ४ नोभेम्बरमा रिलिज हुनेछ भने सातौं सिरिज १९ नोभेम्बर २०२१ मा रिलिज गरिने जनाइएको छ ।

फिल्मका अभिनेता टम क्रुज इटलीको भेनिसमा फिल्मको शूटिङका लागि जाने योजनामा थिए । फेब्रुअरीको अन्तिममा शूटिङ समेत स्थगित गरिएको थियो ।

कोरोना भाइरसका कारण ठूला बजेटका प्रायः सबै हलिउड फिल्मले आफ्नो रिलिज मिति सारेका छन् । मार्भलले पनि आफ्ना फिल्मको रिलिज मितिमा हेरफेर गरेको थियो । रिलिजको तयारीमा रहेको फिल्म ‘नो टाइम टु टाइ’ लगायत केही फिल्मले पनि निर्धारित रिलिज मिति स्थगित गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ५ : ४५ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका