दुर्घटनापछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध « Khabarhub

दुर्घटनापछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा ट्रक र टेलर दुर्घटना भएपछि सडक नै अवरूद्ध भएको छ ।

आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङका लागि छुटेको ना ५ ख ९१२२ नम्बरको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना ८ ख १५५२ नम्बरको टेलर एकापसमा  ठोक्किँएर दुर्घटना भएको थियो ।

दुर्घटना घाइते भएका एक चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

दुर्घटनापछि ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकाले निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : ०३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु