नेपाली सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री « Khabarhub

नेपाली सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले नेपाल एयरलाइन्सको जहाजमार्फत चीनबाट १४ टन स्वास्थ्य सामाग्री ल्याएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनाले दोस्रो पटक हवाई मार्गबाट १४ टन स्वास्थ्य सामाग्री ल्याएको हो । यसअघि ६ जेठमा सेनाले १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याएको थियो ।

प्रवक्ता पाण्डेका अनुसार, २८ हजार पीसीआर किट, पीपीईलगायतका स्वास्थ्य सामग्री ल्याइएको छ । सेनाको स्वास्थ्य सामग्री लिन जहाज बुधबार नै चीनको ग्वान्झाओ गएको थियो ।

नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य सामग्री दोस्रो लटमा ल्याउने बताए पनि १४ टन मात्रै सामग्री आएको छ । ३० वटा पोर्टेबल एक्सरे मेसिन रहेकाले अहिले हवाईमार्गबाट भने जति सामान ल्याउन नसकिएको सैनिक प्रवक्ता पाण्डेले बताए ।

उनका अनुसार, बाँकी सामग्री अब स्थलमार्गबाट तातोपानी भन्सार नाका हुँदै नेपाल ल्याईने छ । यस अघि सेनाको कन्टेनरले स्थलमार्गबाट पहिले ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : २७ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले