नेपाल र ईजरायलका चिकित्सकबीच अनलाइन सम्वाद | Khabarhub Khabarhub

नेपाल र ईजरायलका चिकित्सकबीच अनलाइन सम्वाद


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै गएको ईजरायल र कोरोनाका संक्रमित बढ्दै गएको नेपालका चिकित्सकहरुबीच भर्चुअल वेभिनार भएको छ ।

नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्युनिकरणका लागि कोरोना संक्रमणको कहरबाट तङ्ग्रदै गरेको इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल सम्वाद गरेको इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिइन ।

‘कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन इजरायली सरकार, चिकित्सक र यहाँका जनताले गरेका व्यवस्थापकीय, नीतिगत, चिकित्सा तथा अन्यको अनुभव आदन–प्रदानका विषयमा हामीले सम्वाद गरेका हौँ,’ राजदूत शाक्यले भनिन्, ‘कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन यस्तो सम्वाद सहयोगी बन्ने हामीले अपेक्षा लिएका छौँ । यो सम्वादलाई निरन्तरता दिन्छौँ ।’

राजदूत शाक्यले कठिन परिस्थितिमा नेपाल र ईजरायलका चिकित्सकहरु बिचको सहकार्यलाई घनीभूत बनाउँदै कोरोना संक्रमण व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि जोड दिइन ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सुरुवाती चरममै इजरायल कोरोना संक्रमणको महामारीको चपेटामा परेको थियो । ८६ लाखको हाराहारीको जनसंख्या रहेको इजरायलमा १६ हजार ७ सय ४३ जना संक्रमित फेला परेका थिए । त्यसमा २ सय ८१ जनाको ज्यान गएको थियो । अहिले त्यहाँ संक्रमितको संख्या जम्मा २३ छ ।

सरकार र चिकित्सकहरुको कुसल व्यवस्थापकीय भूमिकाकै कारण इजरायलले कोरोना भाइरसको संक्रमणबाट आफ्नो देशलाई चाँडै मुक्त गरेको थियो । त्यो अनुभव नेपालका लागि पनि उपयोगी हुने ठानेरै नेपाली राजदूत डा. शाक्यको पहलमा इजरायलस्थित नेपाली दूतावासले भर्चुअल वेभिनार गरेको हो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : ५५ बजे

गर्मी सुरु भएसँगै लेकतर्फ लागे भेडाका बथान

लमजुङ– बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका

ट्रयाक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति

म्याग्दी– ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका– ५ को

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

सिरहा– जिल्लाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति

७ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं–  सुनको मूल्य तोलामा सात हजार ५०० ले घटेको छ