बालबालिका आफैँ पढ्दै र पढाउँदै « Khabarhub

बालबालिका आफैँ पढ्दै र पढाउँदै


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- कोरोना भाइरस सङ्क्रमणको कारण भएको बन्दाबन्दीले शैक्षिक संस्था बन्द हुँदा पाल्पा रामपुरका गाउँका बालबालिका आफैँ सिक्ने र सिकाउने गर्न थालेका छन् ।

कक्षा नर्सरीदेखि ६ सम्मका बालबालिका दैनिक जम्मा भएर पढ्ने र पढाउने कार्य गरिरहेका छन् । माथिल्ला कक्षामा पढ्ने विद्यार्थी साना कक्षाका भाइबहिनीलाई पढाउने र आफू पनि साथमै बसेर पढ्ने गरेका छन् ।

टोलमा रहेको चेतनशील आमा समूहको भवनमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नियमित पठनपाठन भइरहेको छ । टोलका १८ बालबालिका दैनिक खाना खाएर झोला बोकेर भवनमा गई पढ्ने गर्छन् ।

विद्यालय जान नपाएपछि खेल खेलेर समय बिताउनुभन्दा टोलका भाइबहिनीलाई जम्मा गरेर पढ्ने र पढाउने कार्यमा लागेको सीताराम मावि कक्षा ६ की छात्रा कृष्टिना शाहीले बताइन ।

आफूले टोलका माथिल्लो कक्षा उत्तीर्ण दाजुदिदीका पुराना किताब ल्याएर पढिरहेको कालिका आधारभूत विद्यालय कक्षा ४ की छात्रा मनकला वीरकट्टा बताइन । बालबालिका आफैँ सक्रियतापूर्वक पढ्ने र पढाउने कार्य अत्यन्तै राम्रो रहेको रामपुर–४ का वडा सदस्य सीमादेवी रानाले बताइन ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  २ : २३ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा