भौतिक पूर्वाधारमा १ खर्ब ३८ अर्ब बजेट : कहाँ कति विनियोजन ? | Khabarhub Khabarhub

भौतिक पूर्वाधारमा १ खर्ब ३८ अर्ब बजेट : कहाँ कति विनियोजन ?


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भौतिक पुर्वाधार तथा यातायातका लागि १ खर्ब ३८ अर्ब ८० करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै विभिन्न सडक, जलमार्ग, तथा रेलसहितका आयोजानका लागि सो रकमको बजेट विनियोजन गरेको बताएका हुन् ।

पूर्व–पश्चिम राजमार्गका लागि १२ अर्ब २१ करोड

राष्ट्रिय तथा अन्तराष्ट्रिय आवद्धता बढाउन हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुर्‍याउने गरी सडक निर्माण अघि बढाइने भएको छ ।

रणनीतिक महत्वका निर्माणधीन सडक छिटो सक्ने गरी निर्माण कार्यमा तीव्रता दिइने भएको छ । आगामी ३ वर्षभित्र एसियाली राजमार्ग मापदण्ड अनुरुपको ४ लेनको सुरक्षित द्रुत सडकको रुपमा स्तरोन्नती गर्ने गरी आगामी वर्षमा निर्माण कार्य अघि बढाइनेछ ।

यो सडक विस्तारका लागि १२ अर्ब २१ करोड रुपैयाँ विनियोज गरिएको छ ।

मध्यपहाडी राजमार्ग ८ अर्ब २७ करोड

मध्य पहाडी राजमार्ग आगामी ३ वर्षमा सम्पन्न गर्ने गरि निर्माणमा तीव्रता दिइने भएको छ ।

विशेषगरी मध्य पहाडी क्षेत्रको जनजीवन र आर्थिक गतिविधिमा उल्लेखनीय परिवर्तन ल्याएको निर्माणधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको बाँकी काम आगामी ३ वर्षमा सम्पन्न गर्ने गरी ८ अर्ब २७ करोड बिनियोजन गरिएको छ ।

हुलाकी राजमार्ग ७ अर्ब १ करोड

लामो समयदेखि अधुरो रहेको तराईका जिल्ला जोड्ने हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ७ अर्ब १ करोड विनियोजन गरिएको छ ।

मदन भण्डारी राजमार्ग ३ अर्ब

त्यस्तै निर्माणधीन मदनभण्डारी राजमार्ग आगामी ५ वर्षमा सम्पन्न गर्ने गरी ३ अर्ब ७ करोड विनियोजन गरिएको छ ।

उत्तर र दक्षिण सीमा जोड्ने सडकको रणनीतिक महत्वलाई डेलिकेटिड डब्बल लेनमा निर्माण रजिस्टर स्तरोनन्ति गरिनेछ ।

करिडोरका लागि ७ अर्ब १६ करोड

मेची कोशी, तमोर, तामाकोशी, कालीगण्डकी, भेरी, महाकाली करिडोर आयोजना तथा राजमार्गको निर्माण एवम् विस्तारको कामलाई निरन्तरता दिन ७ अर्ब १६ करोड विनियोजन गरिएको छ ।

विपी राजमार्ग, मिचौया कटारी सल्लेरी सडक, राप्ती राजमार्ग, कर्णाली राजमार्गको सुर्खेत हुम्ला खण्ड, सुर्खेत-दैलेख, घोराही-खराङ-मुसिकोट राजमार्ग डुम्रे बेशी सडक विस्तार तथा स्तोन्नतीका लागि आवश्यक रकम विनियोजन गरेको खतिवडाले बताए ।

आगामी आर्थिक वर्ष नेपालका सबै जिल्ला सदरमुकाम सडक सञ्जालमा जोड्न कर्णाली करिडोरको निर्माण कार्यलाई तीव्रता दिइने छ । त्यस्तै सिद्धार्थ राजमार्गलाई स्तरोन्नती गर्न ५ अर्ब ५७ करोड विनियोजन गरिएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रका एकभन्दा बढी स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम कार्यान्वयन गर्न रणनीतिक कार्यक्रम कार्यान्वयन गर्न रु ३ अर्ब ३० करोड बिनियोजन गरिएको छ ।

तराई मधेश समृद्धिसँग जोड्ने सडक पुर्वाधार विशेष कार्यक्रमका लागि रु २ अर्ब २६ करोड बिनियोजन भएको छ ।

धार्मिक पर्यटकीय दृष्टिले महत्वपुर्ण स्थानहरुका सडकलाई निरन्तरता दिएको खतिवडाले बताए ।

द्रुतमार्गका लागि ८ अर्ब बिनियोजन

काठमाडौं निजगढ द्रुतमार्ग आगामी ३ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण अघि बढाउन रु ८ अर्ब ९३ करोड विनियोजन गरिएको छ ।

दक्षिण सीमाका प्रमुख व्यापारिक नाकाहरु र पुर्व पश्चिम राजामार्ग जोड्ने सडक लाई औद्योगिक करिडोर तथा व्यापारीक मार्ग बनाउन स्तरोन्नति गरिने भएको छ ।

धुलिखेलखण्डको स्तरोन्नति गर्न र कान्ती राजपथको काम पुरा गर्न रु १ अर्ब २० करोडको बजेट विनियोजन गरिएको छ ।

त्यस्तै काठमाडौंमा फ्लाईओभर र सुरुङमार्ग निर्माण गरिने भएको छ । चक्रपथ विस्ताको दोस्रोखण्डको काम सुरु गर्न र कोटेश्वर कलंकी खण्डको तीन स्तरको सडक फ्लाईओभरको काम सुरु गर्न काठमाडौं उपत्यका लगायत अन्य ठुला शहरमा शहरी सडकको विस्तार गर्न बजेटको व्यवस्था गरेको उनले बताए ।

उनले काठमाडौं-नौविसे सुरुङमार्ग निर्माण अघि बढाइने, सिद्धार्थ राजमार्गको बुटवल, पाल्पाको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण सुरु गरिने बताए ।

काठमाडौं-नुवाकोट-रसुवा सडकको टोखा छहरे खण्डमा सुरुङ निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन पुरा गरी निर्माणको कार्य सुरु गरिनेछ ।

सुरुङमार्ग आयोजनाका लागि ६ अर्ब ४२ करोड बिनिोजन गरिएको छ ।

काठमाडौंको तीनकुने कोटेश्वर जडिबुटी खण्डमा सम्भाव्यता अध्ययन पुरा गरी सुरुङमार्ग तथा फ्लाइ ओभर बनाउने, बानेश्वरमा अण्डरपास बनाउने र माइतीघर, थापाथली त्रिपुरेश्वरमा उपयुक्त विकल्पको खोजीका लागि बजेट छुट्याएको बताए ।

निर्माण सम्पन्न भई सञ्चालनमा रहेका सडक सम्पत्तीको आवश्यक मर्मत सम्भार तथा स्तरोन्नती गरी सडक यातायातलाई आरामदायी र सुरक्षित बनाउन सडक बोर्ड मार्फत कार्यन्वयन हुने गरी १६ अर्ब ३० करोड विनियोजन भएको छ ।

महाकाली नदीमा ४ लेनको मोटरेवल पुल निर्माण सम्पन्न गर्न ८८ करोड विनियोजन गरिएको छ ।

पर्यटकीय दृष्टिले सम्भाव्यस्थल तथा राजमार्गका १० वटा विशेष प्रकारका पुल सहित २ सय ५० पुल निर्माण गर्न निर्माणधीन ३ सय पुलहरु सम्पन्न गर्न र १ हजार ३ सय स्थानीय पुलहरु निर्माण गर्न रु १० अर्ब ९१ करोड विनियोजन गरिएको छ ।

त्यस्तै विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने र सार्वजनिक सवारीलाई थप व्यवस्थित बनाउने भएको छ ।

रेलमार्गका लागि ८ अर्ब

पुर्व पश्चिमी विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्याता अध्ययन सम्पन्न गरी काकडभिट्टा, इनरुवा खण्डको निर्माण आरम्भ गर्न, रसुवागढी-काठमाडौं र विरगञ्ज-काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्याता अध्ययन कार्य सम्पन्न गरिनेछ ।

त्यस्तै दक्षिणी नाकाबाट पुर्व-पश्चिम विद्युतीय रेलमार्गको इटहरी-निजगढ-बुटवल र कोहलपु जोड्ने रेलमार्गको निर्माण गर्न जयनगर-जनकपुर-विजलपुर खण्डमा रेल सञ्चालन गर्न र बर्दिवास-निजगढ खण्डको निर्माण कार्य सम्पन्न गर्न रेलमार्ग अन्तर्गत रु ८ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै जल यातायातका लागि पनि बजेट विनियोजित भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ७ : ४५ बजे

गिरीबन्धु प्रकरणको पूर्णपाठ : हदबन्दी भन्दा बढी सरकारको हुने

काठमाडौं- झापाको गिरीबन्धु टि स्टेटको भोगचलनमा रहेको हदभन्दा बढी जग्गा

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा  साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

सभामुखबाट दलका प्रमुख सचेतकहरुको बैठक आह्वान

काठमाडौं– सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित

गिरीबन्धु टी–इस्टेट प्रकरणमा ओलीलाई कारबाही हुनुपर्छ : बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले झापास्थित गिरीबन्धु चिया बगान